‘इमिरेट्स एयरलाइन्स’का सय यात्रु बिरामी, छानबिन हुँदै - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

‘इमिरेट्स एयरलाइन्स’का सय यात्रु बिरामी, छानबिन हुँदै



बुधबार दुबईबाट न्युयोर्कस्थित जोन एफ केनेडी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको ‘इमिरेट्स एयरलाइन्स’ करिब सय यात्रु तथा परिचालक समूहका सदस्यहरु बिरामी परेका छन्। के कारणले बिरामी भए भन्ने छानबिन गर्न यतिबेला न्युयोर्कका स्वास्थ्यकर्मीहरु खटिएको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन्।

अमेरिकाको ‘रोग नियन्त्रण तथा रोकथाम केन्द्र’ (सीडीसी) का अनुसार ‘इमिरेट्सको फ्लाइट नम्बर २०३ बाट आएका करिब १०० जनाले आफू बिरामी भएको महसूस गर्दै गुनासो गरेका थिए।

५२१ यात्रु बोकेको इमिरेटसको डबल डेकर उक्त फ्लाइट २०३ जोन एफ केनेडी अन्तरराष्ट्रियविमानस्थलमा न्युयोर्क समय अनुसार बिहान ९ बजे अवतरण गरेको थियो। बिरामीको लक्षणमा खोकी र ज्वरो आएको सीडिसीले जनाएको छ। सबै यात्रीलाई रोग नियन्त्रण र रोकथामको लागि फारम भर्न भनिएको छ।

यसअघि इमिरेट्सले एक वक्तव्यमार्फत् आफ्नो फ्लाइटका करिव १० यात्रु बिरामी भएको र रोग नियन्त्रण तथा रोकथाम केन्द्रबाट उपचार हुँदै गरेको जनाएको थियो। न्युयोर्क नगरको मेयर कार्यालयका प्रवक्ताले कम्तिमा १९ जना यात्रुहरु बिरामी भएको, जसमध्ये १० जनालाई उपचारका लागी अस्पताल पठाइएको र बाँकी ९ जनाले उपचार गर्न अस्वीकार गरेको बताएका छन्।