मिनेन्द्र रिजालले भने: सरकारले हिसाब देउ ! - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

मिनेन्द्र रिजालले भने: सरकारले हिसाब देउ !



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अहिलेको सरकार असफलताको बाटोमा हिँडिरहेको जिकिर गरेका छन् । मंगलबार रिपोर्टस क्लबमा बोल्दै उनले यस्तो बताएका हुन् । “सरकार सफल हुने बाटोमा छैन । चुनौतिका साथ भन्छु, अहिलेसम्म यो सरकारले के चाँही राम्रो काम गरेको छ, देखाओस्,” रिजालले भने ।

दुई तिहाईको सरकारलाई काम गर्नका लागि अनुकूल वातावरण भएपनि त्यसको सदुपयोग गर्न नसकेको रिजालको तर्क थियो । विकास निर्माण र समृद्धिको क्षेत्रमा सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको रिजालको दावी छ ।  सरकारले अदालत, संवैधानिक निकाय, प्रेस, चिकित्सा क्षेत्र लगायतमा अंकूश लगाउन खोजेको रिजालको तर्क छ ।

रिजालले पछिल्लो समय कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गरेको दावीसमेत गरे । “संसदमा १ चौथाई पनि संख्या नभएको कांग्रेसले जति भूमिका खेल्नुपथ्र्यो त्योभन्दा बढि खेलेको छ । तर सरकार गम्भीर बन्न सकेको छैन,” उनले भने ।  सरकारले विकास र समृद्धिको बाटा समातेको खण्डमा कांग्रेसले सहयोग गर्ने रिजालको भनाई थियो ।