राजदूत हुन नयाँ योग्यता - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

राजदूत हुन नयाँ योग्यता



परराष्ट्र मन्त्रालयले राजदूतको योग्यता र नियुक्ति प्रक्रियालाई व्यवस्थित गर्न निर्देशिका तयार पारेको छ ।

त्यसअनुसार अब राजदूत हुनका लागि कम्तीमा ‘मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण’ हुनुपर्नेछ भने उम्मेदवारको उमेर कम्तीमा ३५ वर्ष तोकिएको छ ।

निर्देशिकाअनुसार कालोसूचीमा परेका वा नैतिक पतन हुने काम गरेका राजदूतमा सिफारिस हुने छैनन् ।
उम्मेदवारमा ‘नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीय/बहुपक्षीय कूटनीतिक आयामका साथै अंग्रेजीको राम्रो ज्ञान हुनुपर्नेछ ।

‘मापदण्ड नहुँदा विगतमा म्यान पावर व्यवसायीसमेत नियुक्त हुन पुगे, जसले गर्दा हाम्रो परराष्ट्र नीतिलाई कार्यान्वयन गर्न सक्ने मानिस दूतावासले पाउन सकेन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘योलगायत पहिले नियुक्तिमा भएका विकृतिलाई हटाउने उद्देश्यले भर्खरै हामीले यो निर्देशिका बनाएका हौं ।’

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्न तयारी गरेको निर्देशिकाले विदेशी मुलुकले नियुक्त गरी सेवा गरेका व्यक्तिलाई काम छाडेको १० वर्ष नपुगी राजदूत हुन नपाउने व्यवस्थासमेत गरेको छ ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।