रामचन्द्रले भने: दुई रुपैयाँ बजेट ल्याउन नसक्नेलाई जिताएर गल्ति भयो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

रामचन्द्रले भने: दुई रुपैयाँ बजेट ल्याउन नसक्नेलाई जिताएर गल्ति भयो



तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई रुपैयाँ बजेट ल्याउन नसक्नलेलाई जिताउनु तनहुँबासीको दुरभाग्य भएको बताएका छन्। जिल्लामा बजेट नभित्रिदाँ विकास निर्माणका गतिविधीहरु ठप्प हुन पुगेको वरिष्ठ नेता पौडेलको भनाई रहेको छ ।

सो कुरा वरिष्ठ नेता पौडेलले म्याग्दे १ गुणादी स्थित गुणादी खोला मोटरेवलपुलको उद्घाटन समारोहमा बताएका हुन्। यो पटकको निर्वाचनबाट पाठ सिक्दै जनताले आगामी दिनमा काम गर्न सक्ने व्यक्तिलाई जिताउनु पर्नेमा पौडेलको जोड रहेको थियो । त्यस्तै वरिष्ठ नेता पौडेलले काँग्रेसले सुरु गरेको क्रमाङग विकास कसरी जोगाउने भन्ने विषयमा काग्रेसलाई चिन्ता रहेको समेत वरिष्ठ नेता पौडेलको भनाई थियो ।

आफूले प्रत्येक व्यक्तिलाई केही गर्न नसकेपनि देश र जनताको धैरे गरेको पौडेलको भनाई थियो । संविधान निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उनको जिकिर थियो । त्यतिबेला न सुशिल कोइराला लाई संविधानका बारेमा अत्तोपत्तो थियो न शेरबहादुर देउवालाई संविधानको स थाहा थियो पौडेलले भने ।

त्यस्तै वरिष्ठ नेता पौडेलले आफूले भुलेर पनि तनहुँबासीको शीर झिकाउने काम नगरेको बताएका थिए । काँग्रेसका पालामा थुप्रै विकास निर्माण योजनाहरु सुरु गरेको भएपनि कम्युनिष्ट सरकार आएपछि ति विकास निर्माणका योजनाहरुको बजेट कटौती गर्ने काम भएको पौडेलको भनाई थियो ।

म्याग्दे गाउँपालिका वडा नं १ का वडा अध्यक्ष शिवशरण वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्व्य समितिका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिका प्रमुख माया राना, उपप्रमुख बालकृष्ण घिमिरे, स्थानीय विन्दु शर्मा खनाल र शिरोमणि खनाल लगायतले बोलेका थिए ।