आफ्नै छोरीद्वारा धारिलो छुरा प्रहार गरी बाबुको हत्या - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

आफ्नै छोरीद्वारा धारिलो छुरा प्रहार गरी बाबुको हत्या



पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले धारिलो छुरा प्रहार गरी बाबुको हत्या गरेकी छिन् । तुम्वेवा गाउँपालिका–३, पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई छुरा प्रहार गरि हत्या गरेकी हुन् ।

दिव्यरानीले शनिबार राति ११ बजेको समयमा मादक पदार्थ सेवन गरी बाबुलाई छुरा प्रहार गरेकी प्रहरीको अनुसन्धानबाट खुलेको छ । छोरीको छुरा प्रहारबाट गम्भीर घाइते भएका वकिलबहादुरको उपचारको क्रममा मृत्यु भएको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

बाबुलाई छुरा प्रहार गर्ने दिव्यरानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि वढाएको छ ।