दुई पत्रकारलाई ७ वर्षको जेल ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

दुई पत्रकारलाई ७ वर्षको जेल !



काठमाडौं — म्यान्मारको एक अदालतले सोमवार रोयटर्स समाचार संस्थाका दुई पत्रकार वा लोन र क्याब सो ऊलाई ७-७ वर्षको कारावास सजाय सुनाएको छ ।

न्यायाधीश ये लविनले दुवै पत्रकार गोपनीयता कानून तोडेर रोहिंग्याका विषयमा रिपोर्टिङ गरेकोमा दोषी पाइएको बताए र सजाय सुनाए ।

म्यान्मार सरकारका प्रवक्ताले देशमा अदालतहरू स्वतन्त्र रूपमा फैसला गर्ने गरेको बताए । उनीहरूमाथि कारवाही कानूनअनुसार नै हुने उनको भनाइ छ ।

ह्युमन राइट्स वाचका एसिया निर्देशक फिल रोबर्टसनले ट्वीट गरे, ‘रोयटर्सका संवाददाताहरूलाई दोषी ठह–याइनु प्रेस स्वतन्त्रतामाथि आक्रमण हो । खोज पत्रकारिताबाट म्यान्मार सरकार डराउने गरेको यसबाट देखिन्छ ।’

दुई पत्रकारलाई जुलाईमा गोपनीयता कानून तोडेको दोषी पाइएको थियो । त्यसअन्तर्गत अधिकतम १४ वर्षको जिाय हुन सक्छ । अमेरिका, बेलायत लगायतका देशले पत्रकारलाई सजाय दिइएकोमा आलोचना गरेका छन् ।

संयुक्त राष्ट्रसंघको फ्याक्ट फाइन्डिङ मिसनको एक प्रतिवेदनमा म्यान्मारको सेनामाथि मानवअधिकार उल्लंघनको आरोप छ । सेनाले रोहिंग्या मुसलमानको हत्या गरेको, उनीहरूलाई कारागारमा राखेको र यौन शोषण गरेको त्यसैले
म्यान्मारका सैन्य अधिकारीहरूमाथि नरसंहारको मुद्दा चलाउनुपर्ने प्रतिवेदनको सिफारिश छ ।

एजेन्सी