शान्ती श्रीले झुमाईन दिल्लीका दर्शक ! - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

शान्ती श्रीले झुमाईन दिल्लीका दर्शक !



नयाँ दिल्ली /हिमाल पोस्ट 

श्रीकृष्ण जन्माष्टमीको दिन पारेर प्रवासी नेपाली प्रेरणा समितिद्वारा भारतको राजधानी नयाँ दिल्लीको अशोक विहारमा तीज कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको मुख्य आकर्षण राष्ट्रिय कलाकार बद्रि पंगेनी र शान्ता श्री परियार रहेका थिए ।

संस्थाका अध्यक्ष विष्णु प्रसाद पाण्डेको सभापतित्व रहेको उक्त  कार्यक्रममा नेपाली राजदूतावास दिल्लीका सांस्कृतिक काउन्सलर होम प्रसाद लुईटेल प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए ।

सधै जसो  भावुक बनाउने पंगेनीले यो पटक भने दिल्लीमा दर्शकलाई छमछमी नचाए ।पंगेनीले कान्छी ओए कान्छी ,भाउजुको हाई छ  दाई लाहुरे भएर ,पानीसलल आदि गीत गाएर दर्सकलाई नचाएनन मात्र उफारे पनि ।

उता शान्ती श्रीले बोल माया भन्दै गाउदा  दर्शक भावुक बन्न पुगे ।पछी सुन्तला र बदाम ,हासी हासी बोल माया ,आदि गाउदा एकाएक माहोल नै परिवर्तन गराईन ।

कलाकार नारायाण बिपी परियार, ध्रुव राना, राम गहतराज, केदार खवास लगायतले पनि दर्शकलाई नाच्न बाध्य बनाए।समारोहमा  सृष्टी अधिकारी ,निशा श्रेष्ठ लगायत स्थानिय नृत्यकारले पनि रमाइला प्रस्तुती दिएका थिए। 

दिल्लीमा रहेका  विभिन्न प्रवासी संगठनका प्रतिनिधि अतिथिका रुपमा उपस्थित रहेको कार्यक्रममा ठूलो संख्यामा प्रवासी नेपालीको उपस्थिति रहेको थियो । प्रवासी नेपाली प्रेरणा समितिका महासचिव काशीराम आचार्यको व्यवस्थापनमा भएको कार्यक्रमको संचालन भने कपिल देव पाण्डेले गरेका थिए  ।