बलात्कारमा संलग्नलाई कारबाहीको माग गर्दै सुखडमा विरोध र्‍याली (फोटो फिचर) - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बलात्कारमा संलग्नलाई कारबाहीको माग गर्दै सुखडमा विरोध र्‍याली (फोटो फिचर)



विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडि नगरपालिका – ६ बछुरिया कि १४ वर्षीय बालिकाको बलात्कारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आइतबार घोडाघोडी नगरपालिका -१ सुखडमा विरोध प्रदर्शन गरिएको छ ।

बलात्कार गरी फरार अभियुक्तको खोजी गरी बलात्कारमा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै निकालिएको विरोध र्‍यालीमा नगरपालिका भरिका व्यापारी , राजनीतिक दल , महिला अधिकारकर्मी ,समाजसेवी ,विद्यार्थी , सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

प्रदर्शनकारीहरूले “बलात्कारीलाइ फाँसी दे” , “महिला अधिकारलाई सुरक्षित गर” , “बालबालिकाको सुरक्षा गर” , “बाल अधिकार जिन्दाबाद” लगायतका नारा लगाउँदै र्‍याली निकाली सुखड बजार परिक्रमा गरेका थिए ।

यही भाद्र १३ गते गाउँकै ३३ वर्षीय हर्क कुँवरले घरमा कोही नभएको मौकाछोपी राती करिब १० बजे तिर बलात्कार गरी फरार भएको भनी शुक्रवार पीडित बालिकाका पक्षले इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएका थिए ।
तस्बिर : विशाल पाण्डेय