नगरस्तरीय भेट्रान फुटबल प्रतियोगिता उद्घाटन
किशोर तामाङ/पुनर्वास
कञ्चनपुरको दक्षिणीभेगमा अवस्थित पुनर्वास नगरपालिका मा नगरस्तरीय भेट्रान खेल सञचालन भएको छ ।
अरनिको खेलकुद विकास समिति द्वारा “सबैका लागि खेल स्वस्थका लागि खेलकुद ” भन्ने मूल नाराका साथ हरितालिका तीजको अवसरमा भेट्रान फुटबल खेलको आयोजना गरिएको हो ।सो भेट्रान खेलको उद्घाटन आज एक कार्यक्रमका बिच समपन्न भएको छ ।
उद्घाटन समारोहमा भेट्रान खेल सञ्चालक समितिका अध्यक्ष मन बहादुर तामाङको सभापतित्व ,प्रदेश सभा सांसद माननीय तारा लामा तामाङ ज्यू को प्रमुख अतिथि ,विशिष्ट आतिथ्यमा कञ्चनपुर फुटबल सङ्घका उपाध्यक्ष जीतबहादुर तामाङ रहनुभएको थियो ।
अतिथिमा नगर कार्यपालिका सदस्य सुममाया तामाङ स्थानीय समाजसेवी विकास प्रेमी राजकुमार तामाङ , कर्णजित तामाङ,शेरबहादुर तामाङ,खर्चलामा तामाङ वरिष्ठ पत्रकार प्रकाश शाह र भरत शाहको पनि उपस्थिति रहेको थियो ।
कञ्चनपुर र कैलालीका गरी जम्मा १४ टिमको सहभागिता रहेको छ । आज उद्घाटनमा कालीका महिला टिम र आयोजक महिला टिमको अनौपचारिक सो म्याच प्रमुख अतिथि मनानिय तारा लामा तामाङज्यूले मैदान प्रवेश गरदै खेलको उत्तरोत्तर प्रगतिको कामना साथ फुटबल हस्तान्तरण गराई खेलको उद्घाटन गराइएको थियो ।औपचारिकरुपमा भने खेल भोलि बाट पहिलो चरणको खेल युनाइटेड आईबी आर डी बजार र निर्माण व्यवसायी सघ पुनर्वास कञ्चनपुर बिच हुने आयोजक टिमका सदस्य डम्बर तामाङले जानकारी दिनुभयो ।
पुनर्वास नगरपालिका २ स्थित अरनिको निमाविको आफ्नै घरेलु मैदानमा सञ्चालन हुने उक्त खेल असोज १ गते सम्म चल्नेछ । सो खेलको विजेता समूहले नगद ५०हजार र उप विजेता ले नगद३०हजार प्राप्त गर्ने आयोजक समितिका सदस्य ले जानकारी गराउनुभएको छ ।
आजको भेटर्न खेल उद्घाटन समारोह कार्यपालिका सदस्य सुममाया तामाङको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमलाई पूर्व सचिव किशोर तामाङले सञ्चालन गर्नुभएको थियो ।