नेकपा एकतामा किचलो - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

नेकपा एकतामा किचलो



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लो तहका संगठन गठन नहुँदै समानान्तर कमिति सिफारिस भएको छ।

एकताको लागि गठन भएको कार्यादलले विधि प्रक्रिया मिच्दै निषेधको राजनीति गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको हो।

काठमाडौं जिल्लामा समानान्तर कमिटी सिफारिस भएको खबर राजधानी दैनिकमा छ।  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकटले एकलौटी गर्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल निकटले समानान्तर कमिटि सिफारिस गरेको छ।

काठमाडौं जिल्लामा रामशरण ढुंगाना अध्यक्ष हुने गरी कार्यदल सिफारिस भयो। तर सो कमिटिीमा एकलौटी रुपमा संस्थापन पक्षले सिफरिस गरेको भन्दै असन्तुष्ट पक्षले सागर नेपालको अध्यक्षमा समानान्तर सिफारिस गरेको छ।