म्यानचेस्टर सिटीको महत्वपूर्ण जित
साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले न्युक्यासललाई २–१ ले हराएको हो ।
सुरुका दुई खेल जितेको र तेस्रो खेलमा बराबरीमा रोकिएको म्यानचेस्टर सिटीको यो लिगमा तेस्रो जित हो । सिटीका लागि रहिम स्ट्रर्लिङ्ग र केली वाल्करले गोल गरे । न्युक्यासलका लागि डिआन्द्रे यड्लिनले गोल गरे ।
आठौँ मिनेटमा स्ट्रर्लिङ्गले गोल गर्दै पेपको टिम सिटीलाई सुरुवाति अग्रता दिलाए । ३० औँ मिनेटमा यड्लिनले न्युुक्यासलका लागि बराबरी गोल फर्काएपछि पहिलो हाफमा १–१ को बराबरी भयो । ५२ औँ मिनेटमा वाल्करले गरेको गोल सिटीको जितमा निर्णायक बन्यो ।
जितपछि तेस्रो स्थानको सिटीको ४ खेलबाट १० अंक भएको छ । राति नै भएका अरु खेलमा वुल्भ्सले वेष्ट ह्यामलाई १–० तथा साउथह्याम्पटनले क्रिष्टल प्यालेसलाई २–० ले हरायो । यस्तै ब्राइटन र फुलह्यामले २–२ तथा एभर्टन र हडर्ल्सफिल्ड टाउनले १–१ को बराबरी खेलेका छन् ।