यती एयरलाइन्सको विमान दुर्घटना,सबै यात्रु सकुशल

काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। नेपालगंजबाट अाएकाे जेट स्ट्रिम विमान अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएको हो।
विमानमा २१ जना यात्रु रहेकाेमा सबै यात्रु सकुशल रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए। नेपालगञ्जबाट आएको विमान दुर्घटनामा परेको हो।
चिप्लिएको विमानलाई रनवेमा ल्याउने प्रयास भइरहेको क्षत्रीले बताए।

