बलात्कारमा संलग्न मध्येका एक जना पक्राउ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बलात्कारमा संलग्न मध्येका एक जना पक्राउ



कञ्चनपुर । जिल्लाको बेलडाँडी गाउँपालिका-१ की १६ बर्षीया एक किशोरी बलात्कारमा संलग्न मध्येका एक जना पक्राउ परेका छन् । बिहीबार राति बलात्कार भएको भनिएको उक्त घट्नाान संलग्न मध्येका मानबहादुर बिष्ट पक्राउ परेको हुन् ।

उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्ण ओझाले अन्य अभियुक्तको खोजी कार्य जारी रहेको जानकारी दिए । उनले किशोरीको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरी अनुसन्धान सुरु भएको बताए ।

किशोरीका बुबाका अनुसार राति करिब साढे १२ बजेतिर सत्यनारायणको कथा सकेर सबै खाना खाइरहेको बेला घर र छरछिमेकका स-साना बालबालिकाहरु बुफर लगाएर आँगनमा नाच्दै थिए ।

चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए । उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया गाउँ लगेर बलात्कार गरेका हुन् । छोरीका अनुसार विवाह गर्छु भन्दै बोलाएको बाबुले जानकारी दिए । पीडित पक्षले चिनेका दुई जनाको नाममा किटानी दिएको छ ।