कैलालीमा १४ बर्षीया किशोरी बलात्कृत - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

कैलालीमा १४ बर्षीया किशोरी बलात्कृत



काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ बछुरियामा एक १४ बर्षीया किशोरी बलात्कृत भएकी छिन् । सोही ठाउ बस्ने  ३३ बर्षीय हर्क कुवरले घरमा कोही नभएको मौकाछोपी भाद्र १३ गते राती करिव १० बजे तिर बालिकालाई बलात्कार गरी फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी निरिक्षक यज्ञराज जोशीले जानकारी दिनु भएको छ ।

फरार अभियुक्तको खोजीकार्य जारी रहेको उहाँले बताउनु भयो । घटना १३ गते राती घटे पनि शुक्रबार मात्रै प्रहरी कँहा जानकारी आएको उहाले जानकारी दिनु भयो । पीडित बालिकाको टीकापुर अस्पतालमा उपचारपछि घर फर्काइएको छ ।

कक्षा ७ मा अध्ययनरत १४ बर्षीया किशोरी घोडाघोडी नगरपालिका वडा नम्वर ६ बछुरियामा बाजेसँग बस्दै आएकी थिइन् । बाजे पनि घरमा नभएको बेला उनको बलात्कार भएको हो । बालिकाका आमा बुवा अछाममा बस्दै आएका थिए ।