स्व.निर्मलाको घर मन्त्री बिना मगर पुग्दा परिवारमा रुवाबासी - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

स्व.निर्मलाको घर मन्त्री बिना मगर पुग्दा परिवारमा रुवाबासी



भीमदत्तनगर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र पछिल्लो घटनाबारे अध्ययन गर्न आज बिहान कञ्चनपुर पुगेकी खानेपानी मन्त्री बिना मगरले निर्मला पन्तको परिवारसँग भेट गरेकी छन् । मन्त्री मगरसहितको टोली निर्मला पन्तको घरमा पुग्दा परिवारमा रुवाबासी छाएको छ ।

मन्त्री मगरले स्थानीय सुरक्षा तथा प्रशासन प्रमुखसँग घटनाको अनुसन्धान र पछिल्ला घटनाबारे छलफल गरेकी छन् । साथै उनले समाजमा महिला हिंसा बढ्दै गएकोले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन निर्देशन दिइन् ।

निर्मला पन्तको परिवारले मन्त्री मगरसँग छोरीको हत्यारा पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ । मन्त्री मगरले आजै बेल्डाडीमा बलात्कृत युवती तथा आन्दोलनमा मारिएका सन्नी खुनाको परिवारलई पनि भेट्ने कार्यक्रम छ ।