पारसले थाले राजनीतिक भेटवार्ता - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

पारसले थाले राजनीतिक भेटवार्ता



काठमाडौं। लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन् । बिहीबार उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा गोप्य छलफल गरेका छन् ।

तीनवटै पार्टीका नेतालाई नक्सालस्थित होटेल टंगाल उडमा बोलाएका पारसले छुट्टाछुट्टै तथा सामूहिक छलफल गरेका हुन् । त्यस क्रममा उनले तीनवटा पार्टीबीच एकता प्रक्रियामा भइरहेको ढिलाइबारे चाँसो व्यक्त गरेको सहभागी नेताहरूले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।

‘राप्रपाहरूको एकता हुने सुनेको थिएँ, अहिले के भइरहेको छ ?,’ छलफलको सुरुमै पारसले यस्तो जिज्ञासा राखेका थिए । त्यसपछि उनले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एक हुनुपर्ने विचार व्यक्त गरेका थिए ।