निर्मला हत्या काण्डको अर्को रहस्य खुल्यो ! (शव बुझेकाे पत्रसहित)
कन्चनपुर । भीमत्तदनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको सुरक्षा घेरामा गराइएको दाहसंस्कार गराउन स्थानीय प्रशासनले नेपाली सेनाका सेनानी विशाल सिंहलाई समेत फड्के किनाराको साक्षी राखेको पाइएको छ ।
हत्यारा पत्ता लगाएर कडा कार्वाहीको माग गर्दै स्थानीय महिला समूहले प्रदर्शन चर्काउन थालेपछि निर्मलाको हत्याभएको ३ दिनसम्म शव महाकाली अंचल अस्पतालमै राखिएको थियो । प्रहरीले शव बुझ्न दबाब दिन थालेपछि घरै छाडेर भीमदत्त वडा नम्बर २ मा बस्ने निर्मलाका बाबुआमा यज्ञराज र दुर्गा घरै छाडेर भान्सीस्थित आफन्तकोमा गएर बसेका थिए ।
तर, प्रहरीले उनीहरुलाई सुरक्षा दिन्छौं, घरमा लगिदिन्छौं भन्दैस्थानीय सुरक्षा बलको घेरामा शव बुझ्ने व्यहोराको कागज बनाएर पिडित परिवारलाई घटना भएको तेश्रो दिन साउन १३ गते राती हस्ताक्षर गराएको खुलेको हो । हत्याकाण्डको विषयमा निर्मलाका अभिभावकलाई कन्भिस गराउन निर्मलाका मामा पर्ने तीर्थराज भण्डरीले मूख्य भूमिका खेलेर १५ लाखमा कुरा मिलाएको भन्दै स्थानीयले प्रदर्शनका क्रममा उनी विरुद्ध चर्का नारा समेत लगाएका थिए ।
उनले समेत सहमति पत्रमा हस्ताक्षर गरेका छन् । रातरात गराइएको ४ बुँदे सहमतिपत्रमा निर्मलामा आमाहरु दुर्गा र लक्ष्मी सहित उनका बाबु यज्ञराज पन्तले पनि हस्ताक्षर गरेका छन् । निर्मलाका आफन्तको सूचीमा राखेर प्रहरीले १० जनाको हस्ताक्षर लिएको छ । त्यस्तै पदाधिकारीको नाममा, प्रदेश ७ का प्रदेशसभा सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बहादुर विष्ट, नगरप्रमुख …..कुमार चन्द, तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, एसपीबाट निलिम्बत दिल्लीराज बिष्ट, एपी विनोदराज श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, नेपाली सेनाका सेनानी विशाल सिंह सहित १३ जनाको हस्ताक्षर छ ।
स्मरण रहोस्, निर्मलाका साथी रोशनी भनिने आँचल बम र उनकी दिदी बबिता भनिने अनिता बम (जो यतिबेला प्रहरी हिरासतमा छन्) को घर नजिकै सेनाको ब्यारेक छ । यतिका मान्छेको सहमति लिँदा प्रहरीले र स्थानीय प्रशासनले आन्दोलनकारीको तर्फबाट कुनै प्रतिनिधिको सहमति भने लिने वास्ता गरेको देखिँदैन । उल्टै यो समूहले प्रदर्शनकारीले शव दाहसंस्कारमा अवरोध गर्न सक्ने भन्दै, अञ्चल अस्पतालमा राखिएको शव बिहान ६ बजेअघि नै उठाएर लैजाने सहमति गरेको छ । झिसमिसे विहानै १३ साउनमा प्रहरीका दुईवटा गाडीमा शव सहित अघिल्लो रातमा भेला भएकाहरुलाई लगेर निर्मलाको दाहसंस्कार गराइएको थियो ।
साउन १३ गते राती सीडीओ, सेनानी, जिल्लाका प्रहरी प्रमुख र निर्मलाका आफन्त सहितको छलफलले गरेको कागजको व्यहोरा यस्तो छ :
आज मिति २०७५।४।१३ का दिन भीमदत्त वडा नम्बर २ बस्ने १३ की निर्मला पन्तको मृत्युको विषयका सम्बन्धमा अपराधिको खोजी एवं कानुनी सजायको विषयलाई लिएर विभिन्न वर्ग समुदायको संलग्नतामा जारी आन्दोलनका कारण मृतकको दाहसंस्कार गर्ने इच्छा हुँदाहुँदै शवको अन्तिम संसर हुन नसकिरहेको परिस्थितिमा मृतकका आफन्त लगायत निम्नानुसार पदाधिकारीको उपस्थितिमा छलफल भई निम्नानुसार गर्ने सहमति भयो ।
सहमतिका बुँदाहरु
१. मिति २०७५।४।१० का दिन घटेको दुःखद घटनाको सम्बन्धमा स्थानीय प्रशासनले तदारुकताका साथ अनुसन्धान गरी दोषीलाई कानुनको कठघरमा ल्याई कडा भन्दा कडा सजाय दिलाउने पहल भइरहेको अनुसन्धान कार्यमा सवै पक्षबाट सहयोग पुर्याउने ।
२. मृतकको अन्तिम संस्कारका लागि भोली मिति २०७५।४।११ का दिन बिहान ५.०० बजे आफन्तहरु महाकाली अंचल अस्पतालमा उपस्थित भई बिहान ६ः०० बजे अन्तिम संस्कारका लागि लैजाने
३. अन्तिम संस्कारको क्रममा हुने शव यात्रामा सुरक्षा निकायले प्रभावकारी सुरक्षाको व्यवस्था मिलाउने
४. मृतकका आफन्तलाई अवान्छित व्यक्तिहरुबाट विभिन्न खालका धम्की आइरहेको भन्ने सुन्नमा आएकाले त्यस्ता तत्वहरुको खोजी गरी कानुनी कार्वाही गर्ने र मृतकका परिवारको आवश्कतानुसार सुरक्षाको प्रबन्ध स्थानीय प्रशासनले मिलाउने ।
सहमतिको अन्तिम बुँदामा मृतक निर्मलाका आमाबाबुलाई धम्की आएको समेत उल्लेख गरिएको छ । तर प्रहरी र स्थानीय प्रशासनले उनीहरुलाई धम्की दिनेको खोजी समेत गरेको छैन । यथार्थ : शव नजलाउँदासम्म अज्ञात मान्छेले फोन गरेर शव नबुझे राम्रो नहुने चेतावनी दिएपछि भाग्दै हिँड्नु परेको उनीहरुले नै बताउने गरेका छन् ।हाम्रा कुराको सहयोगमा

