चोरी शिकारी नियन्त्रण अभिमूखिकरण कार्यक्रम सुखडमा सम्पन्न

ईश्वर जैसी / सुखड कैलाली ।
चरा नेटवर्क कैलालीको आयोजनामा चोरी शिकारी नियन्त्रण अभिमूखिकरण कार्यक्रम कैलालीको सुखडमा बुधबार सम्पन्न भएको छ ।
चरा नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीको सभापतित्व सँगै सुरुभएको कार्यक्रमका प्रमुख अथिती घोडाघोडी नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मनराज शाही र विशिष्ट अथितीमा साविक सेक्टर (डिभिजन) वन कार्यलयका बरिष्ट वन अधिकृत भिम प्रसाद कंडेल रहनु भएको थियो । विश्व रामसार सुचिमा सुचिकृत घोडाघोडी ताल संरक्षणमा हातेमालो गरी एकबद्ध भएर लाग्न कार्यक्रमका बिशिष्ट अथिति तथा घोडाघोडी नगरपालीका वडा नं. १ का वडा अध्यक्ष मनराजले आग्रह गर्नु भएको छ ।
विभिन्न प्रजातीका लोपउन्मुख चराहरु र जिव जन्तु घोडाघोडी ताल क्षेत्र वरपर पाइने हुदा चोरी शिकार नगरी संरक्षण मा लागे पर्यटन विकासमा घोडाघोडीको महत्वले पनि स्थान पाउने र पर्यटन विकास नै समग्र घोडाघोडी नगर वासीको आर्थिक आयआर्जनको मुख्य आधार बन्ने धारणा व्यक्त गर्नु भएको थियो । आफैले गरेर खाएको मात्र मानिसको शरीरमा लाग्ने र चोरेर खाएको चिजले सधै हानी गर्ने हुदा यसो नगरी सबै संरक्षणमा लाग्न प्रमुख अथिती शाहीले सबैलाइ आग्रह समेत गर्नु भएको थियो ।
वन ऐन २०२९ ले चोरी सिकार गर्ने लाइ हदै सम्मको कार्बाही र डण्ड जरिवान दुवै हुनसक्ने हुदा चोरी शिकार नगर्न हुन कार्यक्रमका बिशिष्ट अथिती तथा साविक सेक्टर (डिभिजन) वन कार्यलय महलमानपूरका बरिष्ट वन अधिकृत भिम प्रसाद कंडेलले बताउनु भएको थियो ।
पृथ्वीको परिस्थीतीक प्राणालीलाइ जोगाइ राख्न पनि जिवजन्तुलाइ बचाइ राख्न आवश्क रहेको अन्यथा मानव अस्तीत्व समेत खतरामा पर्ने कुरालाइ स्पष्ट पार्नु भएको थियो । कुनै एक व्यतिm संस्था अथाव समुदाय मात्र लागेर संरक्षण नहुने हुदा सम्पूर्ण नागरिक नै जिमेवार भएर लाग्न कार्यक्रम का बिशिष्ट अथिती तथा बरिष्ट वन अधिकृत कंडेलले आग्रह गर्नु भएको थियो ।
घोडाघोडी नगरपालीका भित्र रहेका विभिन्न सामुदायीक वन का प्रतिनिधी, नागरिक तहका संरक्षक प्रेमी तथा पहिले चोरी शिकार गर्दै आएका व्यतिहरु गरि करिब ६० जनाको उपस्थिती रहेको थियो । पहिले चोरी शिकार गर्दै आएका र अहिले आफ्नो गल्तीलाइ कवुल गरेर कार्यक्रममा सहभागी सबैका सामु अब उपरान्त यस्तो गल्ती आफुबाट कहिल्यै नदोहरीने भन्दै माफी मागेका घोडाघोेडी नगरपालीका वडा नं.४ सिमथरी का स्थानीय खुसिराम चौधरीलाइ दोसोल्ला ओढाइ नगद रु.१ हजार रुपैयाँले सम्मान समेत गरिएको थियो । उता कार्यक्रमको सञ्चालन चरा नेटवर्क कैलालीका कार्यसमिती सदस्य नवराज न्यूरेले गर्नु भएको थियो ।

