कुकुरको मुत्र सेवन गर्ने यी महिला !आखिर किन खान्छिन ?(हेर्नुस भिडियो) - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

कुकुरको मुत्र सेवन गर्ने यी महिला !आखिर किन खान्छिन ?(हेर्नुस भिडियो)



काठमाडौँ । हिन्दु धर्म अनुसार गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन चलिरहेको छ ।हाम्रो समाजमा रक्सी धेरै खाएर घर जादा प्राय सबैले गालीको रुपमा प्रयोग गर्ने वाक्य रहने गर्छ कि ‘कुकुरको मुत खाएर आईस’ तर संसारमा त्यस्ता पनि ठाँउहरु छन जहाँ कुकुरको मुत्रपान समेत गर्न थालिएको घटनाहरु भेट्न थालिएको छ।

एकजना अमेरिकाकी मुलकी देखिने महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएको भिडियो मार्फत जानकारी गराएर सबैलाई चकित पारिदिएकी छिन ।

नाम नखुलाइएकी ति अमेरिकाकी महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका भिडियो मार्फत दाबी गरिरहेकी छन।उनले सार्वजनिक गरेको एक भिडियोमा उनले कुकुरको मुत्रपानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छन् र आफ्नो अनुभव पनि सुनाई रहेकी छन् ।

उनी भन्छिन्, ‘तपाईंरु धेरैको जिज्ञासा छ कि म सधैं कसरी सुन्दर देखिन्छु ? मेरो मेकअप कसरी सधै पर्फेक्ट देखिन्छ ? अनि मेरो अनुहार किन सधैं चम्किलो छ ?त्यसपछि उनले कुकुरले त्याग गरेको एक कप मुत्र संकलन गर्छिन् र त्यसलाई सनक्क पिउँछिन् ।एक कप कुकुरको मुत्रपान गरिसकेपछि उनले पुनः कुराकानी सुरु गर्छिन् र भन्छिन्, ‘मैले मेरो कुकुरको मुत्रपान सुरु गर्नुअघि म निकै डिप्रेस्ड थिएँ, निकै दुखी थिएँ, किनकि अनुहारमा दागधब्बा थिए ।’

कुकुरको मुत्रमा भिटामिन ए र भिटामिन इ, क्याल्सियमलगायतका फाइदाजनक तत्व हुने उनको दाबी छ । साथै कुकुरको मुत्रले क्यान्सर हुनबाट पनि जोगाउने जिकिर उनको छ ।स्मरणरहोस् प्राचीन चीन, रोम, ग्रिस तथा मिश्रमा पिसाबबाट गरिने उपचार अर्थात् युरो थेरापी प्रचलनमा थियो । तर आधुनिक चिकित्सामा यसको प्रयोग गरिँदैन । एजेन्सी

https://youtu.be/heT4vELoVKI