पौडेल र सिटौलाबीच लफडा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

पौडेल र सिटौलाबीच लफडा



कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच अविश्वास बढेको छ । अविश्वासकै कारण सिटौलाले आफ्नो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् ।

अनुपम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता–कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो संकेत दिएका हुन् ।

जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्वारा आयोजित ‘वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्रमाथिका चुनौती’ विषयक कार्यक्रममा सिटौला पक्षीय नेता–कार्यकर्ताको मात्रै उपस्थिति थियो । केन्द्रीय सदस्य गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईंसहित आफू पक्षीय सांसद, जिल्ला कार्यसमिति सभापतिसहितका नेता–कार्यकर्तामाझ सिटौलाले तेस्रो समूह अब पार्टी सुधारका लागि केन्द्रित हुने उद्घोष गरे ।

केही महिनाअघि त्यही पार्टी प्यालेसमा पौडेल र सिटौलासहित दुवै पक्षका नेताले हात मिलाएर एक भएको सन्देश दिएका थिए । कार्यक्रममा दुवै पक्षका नेता उपस्थित हुन्थे । यी दुई नेताबीच अविश्वास बढ्न थालेपछि सिटौला अलग अस्तित्वका लागि आफ्नै समूहलाई अघि बढाउने अभियानमा क्रियाशील भएका हुन् ।

‘कोइरालाहरूले आफ्नै समूह बनाउन थाले, पूर्वमहामन्त्री प्रकाशमान सिंह आफ्नै ढंगले अघि बढेका छन्,’ सिटौलानिकट एक केन्द्रीय सदस्यले कान्तिपुरसँग भने, ‘यसबीच पौडेलसँगै मिलेरै अघि बढ्न धेरैपटक उठबस पनि भयो तर अविश्वास मेटिएन । पौडेलजीको हेराइ र बुझाइ फेरिएन । यस्तो अवस्थामा आफ्नै ढंगले मुभ गर्नुपर्छ भन्नेमा सिटौला पुग्नुभएको हो ।’ कान्तिपुर दैनिकबाट ।