विप्लप नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य भुजेल प्रहरी हिरासतमा - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

विप्लप नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य भुजेल प्रहरी हिरासतमा



बनेपा। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीकाअनुसार काठमाडौं महानगरपालिका–१६, बालाजुबाट मंगलबार पक्राउ परेकी भुजेललाई मंगलबार बेलुका नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको हो ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित ब्लुसाइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको आरोपमा भुजेल पक्राउ परेको गिरीले बताए ।

उनलाई बुधबार जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । रासस