कति सुत्छन् प्रधानमन्त्री ओली ? - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

कति सुत्छन् प्रधानमन्त्री ओली ?



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राति ढिलोसम्म बस्ने र बिहान सबेरै उठ्ने गर्छन् ।

‘मेरो कम सुत्ने बानी हो,’ उनले सोमबार सम्पादकहरुसँगको कुराकानीको क्रममा भने, ‘म एकछिन पनि झकाउँदिनँ, पूरै अलर्ट भएर बैठकमा बस्छु ।’

पहिलेदेखि आफू बिहान दुई–तीन बजेसम्म बस्ने गरेको र बिहान पनि सबेरै उठ्ने गरेको उनले बताए । ‘हिजो राति साढे दुई बजे सुतेँ र बिहान ६ बजे उठेँ,’ उनले भने, ‘आज राति भने १ः१५ बजे सुतेको थिएँ, बिहान ५ः१५ बजे नै उठेँ ।’

आफूलाई जस्तै कठिन परिस्थिति पनि केहीजस्तो नलाग्ने समेत उनले बताए । ‘पिरचिन्ता लाग्दैन,’ उनले भने, ‘पश्चाताप पनि गर्दिनँ । काम विचार पुर्‍याएर गर्छु ।’ –नागरिक दैनिकबाट