सन्दीपकाे अन्तिम खेलमा टिम विजयी - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

सन्दीपकाे अन्तिम खेलमा टिम विजयी



क्यारेवियन प्रिमियर लिग सीपीएल अन्तर्गत नेपाली युवा बलर सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले लिगमा लगातार तेस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सन्दीपले विकेट लिन नसके पनि उनको टोली सेन्ट प्याट्रियट्सले बार्बाडोज ट्रिडेन्टलाई ६ विकेटले पराजित गरेको हो । जारी सीपीएलमा यो सन्दीपको अन्तिम खेल हो ।

सोमबार उनी एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछन् । बार्बाडोजले दिएको १४८ रनको लक्ष्य सेन्ट किट्सले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा ग-यो । उसका लागि ब्राण्डन किङ्सले ६० रनको अर्धशतकीय योगदान दिए । त्यस्तै डेभोन थोमसले ३२ तथा बेन कटिङले अविजित २९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि कप्तान जेसन होल्डरले सर्बाधिक ५४ रन बनाएका थिए ।

बलिङतर्फ नेपाली युवा बलर सन्दीप लामिछानेले विकेट लिन सकेनन् । उनी यस खेलमा महंगो पर्न गए । ४ ओभर बलिङ गरेका उनले ४३ रन खाए । सेन्ट किट्सका लागि बेन कटिङ र एन्टोन डेभिसले २-२ विकेट लिए ।