नेयमार, एमबाप्पे र काभानीको कमाल ! - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

नेयमार, एमबाप्पे र काभानीको कमाल !



नेयमार, एमबाप्पे र काभानीले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा एन्जर्समाथि ३–१ को सहज जित निकाल्दै लगातार तेस्रो जित दर्ता गरेको हो।

घरेलु मैदानमा पीएसजीलाई जिताउननेयमार जुनियर, केलियन एमबाप्पे र एडिन्सन काभानीले गोल गरे। एन्जर्सका माङ्गानीले एक गोल गरेका थिए।

खेलको १२ औं मिनेटमा काभानीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो। तर, २१ औं मिनेटमा एन्जर्सले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफ १-१ को बराबरीमा सकिएपछि पीएसजी दोस्रो हाफमा थप आक्रामक बन्दै दुई गोल गर्‍यो।

खेलको ५२औं मिनेटमा केलियन एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गरेपछि पीएसजी खेलमा २–१ ले अघि बढ्यो। ६६ औं मिनेटमा एम्बाप्पेकै पासमा नेइमारले गोल गरेपछि पीएसजी ३–१ को जित निकाल्न सफल भयो।

लगातार तेस्रो जितसँगै साविक विजेता पिएसजी ९ अंकसहित लिगको शीर्ष स्थानमा यथावत छ।