निर्मला हत्याकाण्ड: गृहमन्त्रालयकै धोति यसरी खुस्कियो - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

निर्मला हत्याकाण्ड: गृहमन्त्रालयकै धोति यसरी खुस्कियो



गृह मन्त्रालयले समयमै निर्णय लिन नसक्दा कञ्चनपुर घटनाको छानबिनमा चुकेको विश्लेषण जानकारहरूले गरेका छन् ।

घटना भएलगत्तै पीडित र स्थानीयवासीले अनुसन्धानका लागि दबाब दिए पनि २४ दिनपछि वास्तविक दोषी लुकाएर अर्कै व्यक्तिलाई सार्वजनिक गर्नुले घटनामा स्थानीय प्रहरी–प्रशासनको लापरबाही देखिएको गृह प्रशासन मामिलाका जानकारहरूको बुझाइ छ । ‘स्थानीयले विश्वासै गर्न नसक्ने व्यक्तिलाई दोषीका रूपमा खडा गर्नु नै गलत हो,’ गृह प्रशासनका एक जानकारले शनिबार कान्तिपुरसँग भने, ‘२४ दिन अनुसन्धान गरिसकेपछि कम्तीमा सत्यको नजिक पुग्न सक्नुपथ्र्यो ।’

गृह मन्त्रालयले भदौ ७ गते (बिहीबार) जारी गरेको विज्ञप्तिमा ‘घटना लगत्तैदेखि स्थानीय प्रहरीले अनुसन्धान गर्नुका साथै केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपीको नेतृत्वमा विशेष अनुसन्धान टोली खटाएर अनुसन्धानलाई तीव्रता दिएको’ दाबी छ । तर, दोषी भनी सार्वजनिक गरिएका व्यक्ति (दिलीपसिंह विष्ट) लाई स्थानीयले तत्कालै अस्वीकार गर्नुले ‘अनुसन्धान अधुरो र बनावटी’ भएको प्रस्ट हुन्छ । कान्तिपुर दैनिकबाट ।