अनायासै कसरी आयो निर्मलाको लासको प्रसंग ? - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

अनायासै कसरी आयो निर्मलाको लासको प्रसंग ?



१० साउनको ११ बजे निर्मला साइकल चढेर रोशनीको घरतर्फ लाग्छिन् । निर्मलाको घरभन्दा करिब २ किमि टाढा छ रोशनीको घर । उनी साँझसम्म पनि घर फर्किनन् । छोरी खोज्दै आमा रोशनीको घर पुगिन् । उनले गेटबाटै रोशनीलाई बोलाइन् । तर, दिदी बाहिर आइन् । निर्मलाबारे सोध्दा ‘तिम्री छोरी त २ बजे नै यहाँबाट हिँडेकी हुन् । अम्बा पनि लगेकी छिन् । अहिलेसम्म घर नपुगेकी भए पोइल गई होला’ भन्ने जवाफ दिइन् । निर्मलाकी आमा रिसाउँदै भित्र पस्न खोजिन्, तर बबिताले रोकिन् ।

निर्मलाकी आमा घर फर्किइन् । साँझ ८ बजेसम्म पनि छोरीको पत्तो नलागेपछि उनी वडा प्रहरी कार्यालयमा उजुरी दिन पुगिन् । तर, प्रहरीले खाना खाइसकेर सुत्ने वेला भएको भन्दै उजुरी लिन इन्कार ग-यो । फोटो लिएर भोलिपल्ट आउन भन्दै निर्मलाकी आमालाई फर्काइदियो । भोलिपल्टसम्म पनि पत्तो नलागेपछि निर्मलाकी आमाले छिमेकीसँग हारगुहार गरिन् । स्वःस्फूर्त जम्मा भएका स्थानीय रोशनीको घरमा जम्मा भए । त्यहीबीचमा दौडिँदै आएका एक स्थानीयले निर्मलाको साइकल भेटियो भन्ने जानकारी दिनासाथ बबिताले तत्कालै भनिन्, ‘साइकल भेटियो भने लास पनि त्यतै होला नि !’

प्रश्न :  हराएकी निर्मलाको खोजी भइरहेको थियो, तर बबिताले अनायासै लासको प्रसंग कसरी ल्याइन् ? निर्मला जीवित छैनन् भन्ने कुरा उनलाई कसरी थाहा भयो ? प्रहरीले यसतर्पm ध्यान दिएन । नयाँ पत्रिकाबाट ।