सुखडमा बसको ठक्करबाट एक घाईते

बिशाल पाण्डेय / सुखड ,कैलाली ।
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा शनिबार बसको ठक्कर बाट एक जना घाईते भएका छन ।
टिकापुर बाट धनगढी जादै गरेको ना ७ ख ३८३६ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको से २ प ४०११ नम्बरको मोटर साईकललाई बसले ठक्कर दिदा धनगढी उपमहानगरपालिका- १२ का अन्दाजी २३ वर्षिय मोटरसाइकल चालक नर बहादुर पुन मगर घाईते भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
घाईते नर बहादुर पुन मगरलाई टाउकोमा चोट लागेको र थप उपचारको लागी नेपालगन्ज पठाईएकोे प्रहरीले बताईको छ । बस चालक धर्मानन्द पन्त र बस इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको छ ।

