बलात्कारमा एसपीका छोरा संलग्न भएको आशंका ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

बलात्कारमा एसपीका छोरा संलग्न भएको आशंका !



काठमाडौं। सरकारले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । १३ वर्षीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए ।

स्थानीयवासीले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि एसपी विष्टले सुनवाई गरेका थिएनन् । साथै, डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर तान्ने समेत निर्णय गरेको छ ।