निर्मला पन्त हत्या प्रकरणमा बाबुरामको ‘ट्वीट’
१३ बर्षिय बालिका निर्मला पन्तको हत्यारालाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
उनले शनिबार विहानै सामाजिक संजालमार्फत ट्वीट गर्दै निर्मला पन्तको जस्तो नियती कसैले भोग्नु नपरोस् भनेका छन् । उनले समाजमा निर्धक्क र सुरक्षित भएर बाँच्न पाउने न्याय र अधिकारको लडाइँमा आफूले सधैं साथ दिने बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘निर्मला पन्तको जस्तो नियति कसैले भोग्नु नपरोस्, हत्यारालाई कठघरामा उभ्याएर हदैसम्मको कारवाही गरियोस् । हाम्रा आमा, दिदीबहिनी, छोरी चेलीले यो समाजमा निर्धक्क र सुरक्षित भएर बाँच्न पाउने न्याय र अधिकारको लडाइँमा मेरो सधैँ साथ, समर्थन र सहयोग रहनेछ ।’