देउवाले भने: कञ्चनपुरमा सरकारको कदम निन्दनीय - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

देउवाले भने: कञ्चनपुरमा सरकारको कदम निन्दनीय



काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरमा शुक्रबार भएको घटनाको भर्त्सना गरेका छन ।

उनले कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक बालकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्रीसँग त्यस घटनाको छानबिन गर्न माग गरेका छन् ।

बलात्कार र हत्याको निष्पक्ष छानबिन होस् भन्दै आन्दोलनमा उत्रिएका स्थानीय नागरिकमाथि प्रशासनले गोली चलाएको भन्दै निर्मलाको परिवारलाई सुरक्षा दिन र नयाँ ढंगबाट घटनाको छानबिन गर्न पनि सभापति देउवाले माग समेत गरेका छन ।

साथै सभापति देउवाले दिनहुँ ३–४ वटा बलात्कारका घटना हुनु राष्ट्रिय लज्जाको विषय भएको भन्दै बलात्कारीलाई तत्काल दण्डित गर्न फास्ट ट्रयाक कोर्टको गठन गरिनुपर्ने पनि माग राखेका छन ।