काठमाडौंका मेयरसँग प्रधानमन्त्री फायर ! - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

काठमाडौंका मेयरसँग प्रधानमन्त्री फायर !



काठमाडौं–  काठमाडौं महानगरपालिकाका  मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति प्रधानमन्त्री केपी ओली असन्तुष्ट रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा  छापिएको छ ।

आफ्नो जिम्मेवारीमा पर्ने भित्री र कोरिडोर सडक, ढल र बत्ती व्यवस्थापनमा शाक्य चुकेको ओलीको बुझाइ छ ।
‘प्रधानमन्त्रीज्यूले पटक–पटक निर्देशन दिनुभएको छ, तर उनी भेट्न आउँदा रातारात हुने कुरा भएन, लागिरहेको छु, परिणाम देखाउँछु भन्दै ठाडो जवाफ मात्र फर्काउँछन्,’ प्रधानमन्त्रीका एक सचिवालय सदस्यले भने, ‘उनकै कार्यशैलीका कारण सरकारले धेरै आलोचना खेप्नुपरेको छ । उनी गम्भीरतापूर्वक जिम्मेवारीबोध गर्ने व्यक्ति रहेनछन् भन्ने प्रधानमन्त्रीज्यूले नै अनुभूति गरिरहनुभएको छ ।’