यी महिलाले अाफ्ना २ सन्तानलार्इ खाेलामा बगाईदिईन् - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

यी महिलाले अाफ्ना २ सन्तानलार्इ खाेलामा बगाईदिईन्



नयाँ दिल्ली । भारतकाे बिहारमा एक महिलाले अाफ्ना २ सन्तानलार्इ खाेलामा बगाइदिएकी छिन् । बिहारकाे छपरा जिल्ला अन्तर्गत मांझी थाना झखरा गाउँकी मनाेरमा देबीले जड्याहा श्रीमान र ससूराकाे अत्याचार सहन नसकेपछि तीन सन्तान सहित अातमहत्या गर्ने प्रयास गरेकी हुन् ।

भारतीय सञ्चार माध्यम अाजतकका अनुसार बुधबार मनाेरमा देवीले दुर्इ बच्चालार्इ नदिमा फ्याकेकी हुन् । उनले उत्तर प्रदेश र बिहार राज्य जाेड्ने सरयू नदिमा डेढ वर्षकाे छाेरा प्रिंस, ५ वर्षकी छाेरी निशालार्इ नदिमा बगाइदिएकाे प्रहरीले जनाएकाे छ । अाफ्ना २ बच्चा नदिमा फ्याकेपछि अर्का ७ वर्षीय छाेरीकाे साथमा नदिमा हाम फाली अात्महत्या गर्न लाग्दा स्थानीयले देखेर राेकेकाे समाचारमा जनाइएकाे छ ।

उनले नदिमा बगाएका दुबै सन्तानकाे अवस्था अज्ञात रहेकाे स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

खाेलामा सन्तान बगाउने ती महिलालार्इ स्थानीयले कुटपिट गरेका थिए । उनलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रहरी बयानमा उनले मदिरा सेवन गरी श्रीमान् र ससूराले अत्याचार गरेका कारण सन्तानसहित अात्महत्या गर्न लागेकाे बताएकी छिन् । उनका अनुसार पतिले मदिरा सेवन गरी दिनहुँ पिट्ने गरेका थिए ।