बेडरुमको रंग यस्तो भयो भयो सेक्स लाईफ आनन्दमय हुन्छ - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

बेडरुमको रंग यस्तो भयो भयो सेक्स लाईफ आनन्दमय हुन्छ



प्रायः जसो मानिसको घरको सबैभन्दा मन पर्ने भाग भनेको उनको बेडरुम हुने गर्छ जहाँ उनी आनन्दले सुत्न सक्छन् ।

साथै आफ्नो पार्टनर सँग महत्पूर्ण समय विताउन सक्छन् । तर, यदि सेक्सको कुरामा तपाईंको लाईफ विस्तारै चलिरहेको छ भने एक अर्कामा गल्ती पत्ता लगाउनुभन्दा आफ्नो बेडरुमको रंगमाथि ध्यान दिनुस् । हालै मात्र सार्वजनिक गरिएको एक अध्ययनमा बेडरूमको भित्ताके रंग र तपाईं कति सेक्स गर्नुहुन्छ यसको पारस्परिक सम्बन्धको बारेमा खुलासा गरेको छ ।

निलो रंगको भित्ता प्रायः जसो मानिसलाई रातो र गुलाफी रंग अन्तरंगता र यौन सम्बन्धसँग जोडेर हेर्ने गर्छन । तर, तपाईंलाई जानेर आश्चर्य लाग्न सक्छ की यी रंगको साटो निलो रंगले बेडरूममा उत्तेजना जगाउनमा मद्दत गर्छ । अध्ययनका अनुसार प्रायःजसो मानिसहरु शान्ति अनुभव र आरामको निद्राका लागि निलो रंगको बेडरूममा आउने गरेका छन् ।

जुन कपल्सको रुममा निलो रंगको भित्ताका साथै बेडपनि निलो हुन्छ उनीहरु हप्तामा औसत ३ पटक सम्म सेक्छ गर्ने गरेको अध्ययनबाट पत्ता लागेको छ । पहेँलो रंगको पर्खाल राती सबैभन्दा राम्रो निद्राका लागि निलो पहिलो नम्बरमा पर्छ भने पहेँलो दोस्रो नम्बरमा पर्छ । अध्ययनका अनुसार जिसको बेडरूमको भित्ताको रंग पहेँलो हुन्छ उनीहरु राती औसत ७ घन्टा ४० मिनेट सम्म सुत्ने गर्छन् ।

वार्म येलो कलर शरीरको नर्भस सिस्टमलाई रिल्याक्स गरी शरीरलाई शान्त बनाउने काम गर्छ । वैजनी रंगको पर्दा र ओढ्ने वैजनी रंग लग्जरी, क्वालिटी, धनसम्पत्तिको प्रतिक हो र यो सबैलाई मिलाउने हो भने यसले नजिक बनाउने काम गर्छ । यस अवस्थामा यदि तपाईँ आफ्नो सेक्स लाइफमा उत्साह जगाउन चाहनुुहन्छ भने आफ्नो बेडरूमको भित्ताको रंग वैजनी गराउन सक्नु हुन्छ ।

यदि तपाईं आफ्नो बेडरूमको भित्ताको रंग बदल्न चाहनु हुन्न भने झ्यालको पर्दा र ओढ्नेको रंग बदल्न सक्नुहुन्छ । त्यसका लागि वैजनी रंग निकै नै उत्तम मानिन्छ । तपाईं आफ्नो कोठाको झ्यालको पर्दा, ओढ्ने, बेडसिट र तकियाको खोल वैजनी रंगको लगाएर आफ्नो सेक्स लाईफलाई अझ राम्रो बनाउन सक्नु हुनेछ ।

यी अध्ययनका अनुसार जो व्यक्तिहरुले आफ्नो बेडरुमको रंग परिवर्तन गरे उनको सेक्स लाइफ पहिलाको भन्दा अझ बढि राम्रो भयो । लण्डनको २ हजार वयस्कमाथि गरिएको यो अध्ययनको नतिजाले प्रमाणि गरेको छ कि जसले आफ्नो बेडरूमलाई वैजनी रंगले रि डेकोर गरे उनले हप्तामा ४ पटक सम्म सेक्स गरे । (नवभारत टाइम्स अनलाईनबाट)