जाडोमा हरियो प्याजका ६ फाईदा ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

जाडोमा हरियो प्याजका ६ फाईदा !



जाडोको दिनमा बजारमा प्याजको पातको माग धेरै नै हुन्छ । यसको प्रयोग सब्जी, सूप एवम् अन्य व्यन्जनमा गरिन्छ । हरियो प्याज खानाले हाम्रो स्वास्थमा धेरै फाइदा हुन्छन् । यसले कोलेस्ट्रोलको स्तर कम बनाइ राख्छ ।

आफ्नो अलग स्वादको कारणले यसलाई धेरै नै मन पराइन्छ तर यसका यी ६ फाइदा कमालका छन् ।

१. यसमा एन्टि ब्याक्टेरियल गुण हुन्छ । एन्टि ब्याक्टेरियल गुणको कारणले यसको सेवन गर्नाले पाचनमा पनि सुधार हुन्छ । हरियो प्याजमा क्रोमियम हुन्छ ।

२. हरियो प्याज खानाले रोग प्रतिरक्षा शक्ति बढ्छ । हरियो प्याजले अनुहारको चाँयाहरु हटाँउछ । यसको सेवनले आँखा तेजिलो हुन्छ । हरियो प्याजले शरिरमा माइक्रो न्युटिशन्स कायम राख्छ ।

३. हिस्टोरियाको रोगी यदि बेहोस भएमा उसलाई हरियो प्याज पिसेर सुघाउँनुहोस् । यसले रोगी तुरुन्त होसमा आँउछ । हरियो प्याजमा एन्टी इन्फ्लामेटरी र एन्टि हिस्टामाइन गुण पनि हुन्छ । यसैकारण यो दम र हाडजोर्नीको दुखाईका लागि लाभदायक हुन्छ ।

४. कपाल झर्ने समस्याबाट छुटकारा पाउनको लागि हरियो प्याज धेरै नै उपयोगी हुन्छ । कपालमा प्याजको रसले मालिस गरेमा कपाल झर्न बन्द हुन्छ । यसको साथै प्याजको लेप लगाएमा कम उमेरमा फुलेको कपाल फेरी कालो हुन्छ ।

५. पिसाब हुन बन्द भएमा दुई चम्चा प्याजको रस र गँहुको आँटा लिएर हलुवा बनाउनहोस् । हलुवा तातो बनाएर पेटमा लेप लगाउनाले पिसाब आउन सुरु हुन्छ । प्याज पानीमा उमालेर उक्त पानी पिएमा पनि पिसाब सम्बन्धी समस्याहरु समाप्त हुन्छन् ।

६. सर्दी या चिसो लागेमा पनि हरियो प्याज खानाले राहत मिल्छ । जोर्नीमा पनि सस्युँको तेल र प्याजको रस मिसाएर मालिस गर्नाले फाइदा हुन्छ । प्याज मोतिया बिन्दु, टाउको दुखेको कान दुखेको र सर्पले टोकेको पनि औषधिको काम गर्छ ।