फेसबुक मार्फत प्रधानमन्त्री ओलीलाई गाली गर्ने पक्राउ - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

फेसबुक मार्फत प्रधानमन्त्री ओलीलाई गाली गर्ने पक्राउ



काठमाडौँ, भदौ ६ । फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमपूर्ण अफवाह फैलाएको भन्दै महानगरीय अपराध महाशाखाले भक्तपुरका होमनाथ सिक्देललाई मंगलबार राजधानीबाट पक्राउ गरेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ । विद्युतीय कारोबार ऐनअनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुन सक्छ । कान्तिपुरमा खबर छ ।