अखिल भारत नेपाली विद्यार्थी मंचको महाराष्ट्रमा राज्य समिति पुनर्गठन - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

अखिल भारत नेपाली विद्यार्थी मंचको महाराष्ट्रमा राज्य समिति पुनर्गठन



अखिल क्रान्तिकारीको भातृ संगठन अखिल भारत नेपाली विद्यार्थी मंचको महाराष्ट राज्य समितिको भेला  आइतबार सम्पन्न भएको छ ।

कृष्ण सिंह विकको अधक्ष्यता र अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव एवम् महाराष्ट्र राज्य समिति विद्यार्थी विभाग इन्चार्ज मोहन देवकरको प्रमुख आतिथ्यता, एकता मञ्चका केन्द्रीय सचिवालय सदस्य एवम् गुजरात राज्य  इन्चार्ज भीम खड्काको विशेष अतिथिमा सम्पन्न भएको हो ।

एकता मञ्चका महाराष्ट राज्य समितिका राज्य अध्यक्ष ओम विक ,केन्द्रीय सचिवालय सदस्य चन्द्रमणि शर्मा, दल बहादुर गुरुङ ,कृष्ण रावत ,केन्द्रीय सदस्य गणेश विक ,कलि देवी शाहनी लगातको उपस्थितिमा  महाराष्ट राज्य समिति पुनर्गठन भएको छ ।

उक्त पुनर्गठित समितिमको  अध्यक्षमा  गणेश रिमाल ,उपाध्यक्ष प्रकाश विक र  निता गुरुङ ,सचिव चाँदनी महत ,सहसचिव अजय खड्का ,कोषाध्यक्ष लक्ष्मी शाहनी ,सह कोषाध्यक्ष नन्द ब चुनारा ,सदस्य  कृष्णमान सुनार ,उत्सव शाही, राहुल सुनार ,शीतल दवाडी शर्मा, सागर आचार्य ,ओम विक, राम ब कडारा ,भरत सुनार ,राम सुनार ,सुनिल परियार, कैलाश बोहरा ,नम्रता देवकर ,सोनु विक ,सुनिल चुनारा ,रिया सोनार ,विनोद भाट, दिर्ग चलाउने ,धिरेन्द्र विक ,सुनिल जैगड़ी र ४ जना रिक्त रहने गरी ३१ जनाको राज्य समिति गठन भएको छ।

सो  कार्यक्रममा प्रमुख अतिथिले  शुभकामना मन्तव्य राख्दै प्रवास भारतमा लाखौँ लाख नेपाली विद्यार्थीहरूलाई  सङ्गठित गरेर आफ्नो देशमा रोजगारीको व्यवस्था गरी सिपमुलुक कार्यहरू आफ्नै देमा गर्ने र प्रवास मा विद्यार्थीहरू बिच छिट्टै एकता हुने जानारी दिए ।

भेलाको   समापन गर्दै कृष्ण विकले विद्यार्थीहरूको एकताका लागि विशेष जोड दिएका थिए साथै उनले नवनिर्वाचित समितिलाई शुभकामना समेत दिए  ।कार्यक्रम गणेश रिमालको सञ्चालनमा सम्पन्न भएको थियो ।