पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन



हेमन्त न्यौपाने / पुनर्वास, कञ्चनपुर ।
राजधानी काठमाडौँमा रहि पुनर्वास र पुनर्वासीहरुको प्रतिनिधि मुलक संस्था पिपल्स एसोसियसन अफ पुनर्वासले एकपुनर्वासी मृगौला पीडितका लागि सहयोग रकम संकलन गरेको छ । संस्थाले पुनर्वास नगरपालिका वडा नम्बर ४ (घ) गाउँ निवासी रामकृष्ण ढकालको मृगौला रोगको उपचारार्थ सहयोग रकम जम्मा गरेको हो ।

पिपल्स एसोसियसन अफ पुनर्वास(काठमाडौ पुनर्वास समाज) पुर्णतया समाजिक संस्था हो । जसले आफ्नो स्थापना देखि नै निरन्तर रुपमा पुनर्वास र पुनर्वासीहरुको निमित्त काठमाडौंमा रहि साथ र सहयोग गर्दै सक्रियरुपमा अगाडी बढिरहेको छ ।

संस्थाका अध्यक्ष शौरभ शर्माले ‘एक लाख १५ हजारको चेक ढकालका परिवारलाई हस्तान्तरण गरेको बताउनुभयो । उहाँले पुनर्वास र पुनर्वासीको हक, हित र सहयोगका लागि संस्था सक्रिय रहेको जिकिर गर्नुभयो ।’
‘संस्थाले सदैव आर्थिक स्थिति कमजोर भएका विरामी तथा पीडितहरुका लागि सहयोग गर्दै पुनर्वास र पुनर्वासीको कल्याणका लागि काम गर्ने उद्देश्य लिएको छ ।’ संस्थाका सचीव पंकज पन्थीले बताउनुभयो ।

‘आर्थिक स्थिति कमजोर रहेको उहाँको उपचारका लागि असार ३० गते शनिबारका दिन पीडित परिवारलाई भेटेर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सोही अनुरुप भदौ ०२ गते विशेष कार्यक्रम आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको संस्थाका सदस्य कृष्ण दवाडीले बताउनुभयो ।’ मृगौला पीडित रामकृष्ण ढकाल विगत केहि महिना अगाडी देखि मृगौला रोगबाट ग्रस्त हुनुहुन्छ । उहाँ हाल काठमाडौँमा उपचाररत हुनुहुन्छ ।