अब काठमाडौंमा यो मोटरसाइकल चलाउन पाइदैन ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अब काठमाडौंमा यो मोटरसाइकल चलाउन पाइदैन !



काठमाडौँ  : प्रहरीले उपत्यकाभित्र ‘डुकाटी मोटरसाइकल’ गुडाउन रोक लगाएको छ । अत्याधिक ध्वनी प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्शसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र सञ्चालन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले राजधानीको सडक डुकाटी मोटसरसाइकलको गति धान्न सक्ने क्षमताको नभएको र यहाँको जनघनत्व त्यही अनुसार रहेका कारण यसको प्रयोगमा रोक लगाइएको स्पष्ट पारे । १ हजार २ सय सीसीसम्मका यी मोटरसाइकल चलाउन सक्ने पूर्वाधार नै छैन ।

एसएसपी पन्तले भने, ‘१ हजार २ सय सीसीसम्मका यी मोटरसाइकललाई सञ्चालन गर्न दिने हो भने आम नागरिकको हित विपरीत हुन्छ ।’ डुकाटी लगायतका बुलेट मोटरसाइकलका कारण ध्वनी प्रदूषण बढेको भन्दै सर्वसाधारणले महाशाखामा त्यस्ता सवारी सञ्चालनमा रोक लगाउन माग गर्दै दर्जनौं लिखित तथा मौखिक उजुरी समेत दिएका छन् ।