युभेन्ट्सका मिडफिल्डरले क्लब छाडे - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

युभेन्ट्सका मिडफिल्डरले क्लब छाडे



इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सका भेट्रान मिडफिल्डर क्लाउडियो मार्चिसियो अमेरिकन लिग मेजर सकर लिग क्लब जाने भएका छन्।

शुक्रबार युभेन्ट्स छाडेका उनी केही दिनमै मेजर सकर लिग क्लब जाने भएका हुन्। यो सँगै इटालीका मिडफिल्डर मर्चिसियोले शुक्रबारदेखि युभेन्ट्ससँगको २५ वर्षे यात्रामा पूर्णविराम लगाएका हुन्।

क्लबसँग आगामी सन् २०२० सम्म करार सम्झौता रहेको मार्चिसियोले क्लबको अनुबन्ध समाप्त गर्न सहमत भएका हुन्।

३२ वर्षीय मार्चिसियो युभेन्ट्सको युथ टोलीहुँदै सिनियर टिममा आएका खेलाडी हुन्। मार्चिसियोले सिनियर टोलीमा डेब्यू सन् २००६ मा गरेका थिए।

बल ब्वाई हुँदै खेलाडी बनेका मार्चिसियोले युभेन्ट्सबाट ३८९ खेलबाट ३७ गोल गरेका छन्।

मार्चिसियोले युभेन्ट्सबाट ७ पटक सिरी ए लिग र ४ पटक कोप्पा इटालिया जितेका छन्।

पछिल्लो समय सन् २०१६ मा घुँडाको इन्जुरीले ६ महिना मैदान बाहिर रहेका मार्चिसियोले गत सिजन २० खेल मात्र खेलेका थिए ।