सर्वाेच्च अदालतको आदेशमा छुटेका ‘प्रकाण्ड’ फेरि पक्राउ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सर्वाेच्च अदालतको आदेशमा छुटेका ‘प्रकाण्ड’ फेरि पक्राउ



काठमाडौं– सर्वाेच्च अदालतको आदेशमा छुटेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन्।

सर्वाेच्चको आदेशमा छुटेलगत्तै प्रहरीले पक्राउ गरेको हो।उनीविरुद्ध अर्काे मुद्दामा रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। काभ्रेकाे एनसेलको टावर जलाएको अर्काे मुद्दामा उनी पक्राउ परेका छन्। उनलाई न्यायाधीशद्धय चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको इजलाशले यस्तो आदेश गरेको थियो। सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको रोहवरमा छाड्न आदेश भएको थियो।

प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट आइतवार दायर गरेका थिए । आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्चले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो ।

चन्दा ऐन २०३० अनुसार काठमाडौं प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएको थियाे। उनीमाथि ७ करोड चन्दा असुलेको आरोप थियो। अन्य जिल्लामा पनि उनीविरुद्ध मुद्दा छन्।