पुनर्वास नगरपालिका- ४ को वार्षिक समीक्षा सम्पन्न - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

पुनर्वास नगरपालिका- ४ को वार्षिक समीक्षा सम्पन्न



धन बहादुर बिक 

पुर्नवास,कञ्चनपुर  । सहिद गोविन्द गौतमको नामले परिचित पुनर्वास नगरपालिका वडा नम्बर ४ को वार्षिक समीक्षा कार्यक्रम बिहीबार वडामा सम्पन्न भएको छ ।

अार्थिक वर्ष ०७४ साउन देखि असार मसान्तसम्म सम्पन्न भईसकेका वार्षिक योजना कार्यक्रम को वडावासीबिच प्रस्तुत गरिएको थियोे भने चालू अार्थिक वर्ष ०७५/०७६ का लागि बिनियोजित योजना समेत वडावासीलाई जानकारी गराईएको थियोे ।

वडाअध्यक्ष प्रेम बहादुर बस्नेतले गत अार्थिक वर्षको ९२ लाख ७८ हजार १० रूपैयाँ वडाको विभिन्न शिर्षक मा खर्चिएको जानकारी गराउनुभयो । नगरपालिका बाट प्राप्त ५४ लाख मध्ये वडाका जनप्रतिनिधि हरूको सक्रियतामा सरकार का विभिन्न निकायबाट थप ३८ लाख ७८ हजार प्राप्त गरि वडाको बिकास मा लगानी गर्न सकिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । बस्नेतले चालू अार्थिक बर्षका लागि १ करोड ३५ लाख रकम बिनियोजित भईसकेको पनि वडावासीलाई जानकारी दिनुभयो । बस्नेतले अाफ्नो पहिलो वर्षको कार्यकालमा काम गर्ने दौरानमा कुनै कमिकमजोरी भए अाम वडावासीहरूबाट सुझाव सल्लाह संकलनका लागि समीक्षा कार्यक्रम को अायोजना गरिएको बताउनुभयो ।

पुनर्वासका अन्य वडाको तुलनामा नमुना वडा बनाउने लक्ष्य का साथ कम्मर कस्नुभएका बस्नेतले कार्यकालको पहिलो वर्ष सडक , शिक्षा , स्वास्थ , खानेपानी संगै बिधुत्तिय शिंचाईलाई बिशेश जोड दिंदैअाएको जानकारी गराउनुभयो । वडाको सबै टोल मा बिधुत्तिय शिंचाई पुर्याउन सकिएमा ४० प्रतिशत बेरोजगारी को अन्त्य गर्न सकिने कुरामा जोड दिनुभयो । फलस्वरूप केहिवर्ष अघि सम्म एक थान मात्रै ट्रान्सर्फमर रहेको चार नम्बर वडामा चार थान बिधुत्तिय ट्रान्सर्फमर जडान गरिसकिएको र तीन थान जडान हुनेक्रममा रहेको समेत जानकारी दिनुभयो ।

यसैबिच केही वडावासीले चोकचौराहमा बसि नकारात्मक टिकाटप्पणी गर्नेगरिएको मा कुनैपनि समस्या भए सोझै अाएर सुझाव सल्लाह दिन समेत अध्यक्ष बस्नेतले वडावासीलाई अाग्रह गर्नुभयो । वडाको विकास गर्न अाफु जहिले पनि प्रतिबद्ध रहेको जिकिर गर्दै सकारात्मक सुझाव सल्लाह दिन समेत बस्नेतले अाग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित वडावासी वक्ता हरूले जनप्रतिनिधि हरूप्रति गुनासो नरहेको धारणा व्यक्त गरे यधपी वडा कार्यालय अलि दुरिमा रहेको ले अाफ्नै वडामा कार्यालय स्थापना हुनुपर्ने माग गरेका थिए । केहि वक्ता हरूले अपारदर्शी देखिएका कामहरूलाई पारदर्शि र प्रष्ट पार्न अनुरोध गरेका छन । कार्यक्रममा उठेका प्रश्नको वडाअध्क्ष प्रेम बहादुर बस्नेत , नगरपालिका का प्रसासकिय अधिकृत प्रेम बहादुर सिंह , नगरपालिका का प्रवक्ता तथा कृषि पशु सेवा बिभाग भारमल सुनारले स्पष्ट पारेका थिए प्रवक्ता सुनारले वडावासीलाई भन्नुभयो तपाईं हरूले अत्यन्तै अनुभवी अध्यक्ष पाउनुभएको छ , वडाको विकासका लागि निकै सक्रियता का साथ लाग्नुभएको छ । यधपी सबैको साथ समर्थन चाहिन्छ सुनारले भन्नुभयो ।

नगरपालिका का प्रसासकिय अधिकृत सिंहले जनशक्तिको अभावमा वडास्तरमै कार्यालय स्थापना गर्ने लक्ष्य रहेपनि पुरागर्न नसकिएको बताए । अागामि वर्षभित्रै सबै वडामा पायक पर्ने स्थानमा कार्यालय स्थापना गरिने प्रसासकिय अधिकृत सिंहले बताए । कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा का स्थिर प्रशाद घिमिरेले वडाअध्यक्षको खुलेरै तारिफ गर्न योग्य काम गरेको बताए । नगरपालिका तथा वडाको थप विकास गर्न बिस्थापित भन्सार लाई पुनर्सथापित गर्नु पर्ने एैतिहासिक बन्दाताल , कोटिहोम र प्याराताल लाई पर्यटकिय बनाउन सके अार्थिक लाभ हुने र प्रयाप्त विकास हुने कुरामा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा नगरपालिका उपमेयर सारदा बिष्ट धामिले जनताको गुनासो सल्लाह र सुझाव लाई अात्मसाथ गर्दै नगरपालिका विकास लाई अघि बढाउने जिकिर गर्नुभयो । सयुंक्त वडा कार्यालय सचिव पुष्कर सिंह चाडले सञ्चालन गरेको कार्यक्रममा स्वागत वडा सदस्य पार्वती शाहीले गरेकि थिईन । कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि , समाजसेवी बुद्धिजीवी स्थानीयवासी गरि करिव एक सय भन्दा बढीको उपस्थिति रहेको थियोे ।