नेविसंघ पश्चिमाञ्चल क्याम्पस इकाइ सभापतिमा अधिकारी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेविसंघ पश्चिमाञ्चल क्याम्पस इकाइ सभापतिमा अधिकारी



मणि भुषाल /पोखरा

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ ने.बि.संघ क्याम्पसले अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको छ, २६अौं कार्यसमिति को सभापतिमा आयुस्मान अधिकारी सर्बसहमत रूपमा चयन भएका हुन् ।

चौथो वर्षमा अध्यन पश्चात् नेतृत्व बिहिन बन्ने ने .बि सङ्घको परम्परालाई तोड्दै विगत ३ वर्ष देखि हरेक १-१बर्षमा नेतृत्व फेरिने गरेको  छ , जसले गर्दा  सबै विद्यार्थीलाई समेटेर लैजान  सकिने  र नयाँले मौका पाउने कुरा पूर्व सभापति अमन भुसालले बताए ।

कास्की जिल्ला ने बि सङ्घका उपाध्यक्ष अनजान जङ थापाको प्रमुख आतिथ्यता ,निवर्तमान सभापति अमन भुसालको अतिथिमा  भएको उक्त कार्यक्रममा पूर्व उपसभापतिहरू बिसु थापा, रसिला लामिछाने ,आशिष् थापा मगर एवं  स्व.बि यु सदस्य प्रथम खड्का ,आद्याय भट्टराई ,अशोक चालिसे, नितेस शर्मा ,सल्लाहकार आशिष् शर्मा , केशव आचार्य ,लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बाट २६अौं कार्यसमितिको सभापतिमा आयुस्मान अधिकारी ,वरिष्ठ उप -सभापति  राजु थापा मगर, उप-सभापतिमा तेजेन्द्र कंडेल , गोविन्द अर्याल र विशाल न्यौपाने, सचिवमा मधुसुधन घिमिरे ,सह-सचिवमा अभिषेक जय्स्वाल , अरुण घिमिरे ,र सिजन उदास निर्वाध निर्वाचन भएका छन् ।