कांग्रेसलाई प्रधानमन्त्री अाेलीको कडा चेतावनी ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कांग्रेसलाई प्रधानमन्त्री अाेलीको कडा चेतावनी !



प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा भ्रम छर्ने चेष्टा नगर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।

बिहिबार काठमाडौंमा कांग्रेस लगायत विभिन्न पार्टीका कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन नेपाली कांग्रेसलाई आह्वान पनि गरे।

प्रधानमन्त्री ओलीले भदौ १ गतेदेखि लागू हुने मुलुकी फौजदारी ऐनबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै सचेत रहन पनि सबैलाई आग्रह गरे। उनले एक वर्ष अघि बनेको सो ऐनमा चिकित्सकहरुलाई जन्मकैदको सजाय दिने व्यवस्था गरिएको भन्दै अन्त्यन्तै भ्रमपूर्ण प्रचार गरिएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएकका थिए।

उनले सरकार गतिका साथ अघि बढेको पनि दावी गरे।

यस्तै, उनले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरुसँग आग्रह गरेका छन्। युवाहरुले सही छनौट गरेर पार्टी प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको विश्वासलाई अझै सुदृढ बनाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।

उनले पार्टीमा प्रवेश गरेका युवाहरुले मौरीसँग उडान भरेको भन्दै फूलको थुंगामा पुग्नेमा ढुक्क हुन पनि आग्रह गरे। प्रधानमन्त्री ओलीले अन्य पार्टीहरुको उडानलाई झिंगासँग तुलना गर्दै फोहोरको डुंगुरमा फँस्ने व्यंग्य पनि गरे। उनले सरकारले तीव्रताका साथ विकास, निर्माणको कामलाई अघि बढाएको दाबी पनि गरेका थिए।