बर्षाै सम्म पुल नबन्दा आवत जावातमा समस्या - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

बर्षाै सम्म पुल नबन्दा आवत जावातमा समस्या



लिला जंग शाही/बौनिया,कैलाली ।

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको बरर्दगोरिया गाउपालीका वडा नं. ३ रानिकुण्डाको नदीमा पुल नबन्दा आवात जावतमा समस्या उत्पन्न भएको छ । पुल नबनेको बर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा ध्यान दिन नसकेका कारण विद्मार्थी लगायत स्थानीयलाई आवात जावत गर्न समस्या भएको हो । चुरे पहाडबाट बगेर आउने भलले कुहिरा र काँडा नदीमा आएको बाढीका कारण नदीमा पुल नहुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्न निकै अप्ठ्यारो भएको हो ।

स्थानीय वासी मात्र नभएर दैनिक विद्यालय आवत जावत गर्ने विद्यार्थी ह?लाई समस्या परेको छ । त्यस्तै बिरामी, वृद्धावृद्धाहरूलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । उता नदीमा आवतजावत गर्न बर्खा याममा अत्यधिक समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । सयौँ वर्षबाट यो नदीमा पुल बन्न सकेको छैन । यो नदी बर्दगोरिया गाउँपालिका क्षेत्रकै मुख्य समस्या हो । स्थानीय एक विद्यार्थीले भने —हालसम्म पनि यो नदीमा पुल बन्न सकेको छैन हामीलाई बर्खामा स्कुल पढ्न सडकपुर बौनिया जान समस्या छ । बर्दगोरिया गाउँ पालीका वडा न ३ मा रहेको श्री जगदमीविके भगवती मा वि विद्मालयमा अध्यानरथ विद्यार्थीलाई बौनिया टियुशन पढ्न जाँदा कडा र कुइरा नदीको कारणले छेकिनु परेकाले विद्मार्थीको पढाई छुट्ने गरेको स्थानीय अभिभावक ह?को गुनासो छ । चुनावको समयमा अव चाडै पुल बन्छ भन्दै भोट माग्य अहिले नेताहरूले फर्केर नहेर्दा समस्या भएको स्थानीयको गुनासो रहेको छ ।

सिहदरवारको सेवा सुविधा र अधिकार गाउँ घरमा पुगी सक्यो भन्ने गरेको सुनेका छौ ‘खै हामीले त त्यसको आभास समेत गर्न नपाएको स्थानीय भतm बहादुर बन्तोलाले गुनासो पोखे । कुहिरा नदीमा आवाज जावात गर्ने क्रममा एक जना मेरै टोलका स्थानीय बास्दिनाको खुट्टा समेत भाँचिएको बन्तोलाले बताए ।

नदीका कारण विरामीह?ले समयमै उपचार गर्न सकेका छैनन् । वडा न ३ श्रीलङ्काको टाकुरा हो यस वडामा पहाडमा पानी प¥यो भने हामीलाई बिरामी र विद्यार्थीको पिर पर्छ भन्छन् टप डल्फिन बोडिग स्कुल खैरेनीका प्रिन्सिपल देव बहादुर बोहोरा ।

उनका अनुसार बौनिया बाट खैरेनीमा पढाउन जाँदा सधैँ बर्खामा त्यही खोलाले छेक्दिदा साना साना नानी बावुह? कतै शिक्षाबाट वञ्चित हुने त हैनन् भन्ने चिन्ता लाग्ने गरेको छ । नदीमा पुल नबन्दा तल्लापारि, चायभाबर, मुलेकारा लगायतका ठाउँबाट आउने सर्व साधारण जनता मर्कामा परेका छन् । आफ्नै आँखाले हर समय समस्या देख्दै आएका अर्का स्थानीय बुद्ध बोहोराले भन्नु भयो यो गाउँपालिकाको धेरै जनसङ्ख्या भएको छेत्र हो । यस क्षेत्रबाट बाट जितेर गएका सासदह?ले हुन्छ यो ठाउँमा पुल र सेती लोक मार्ग पक्कै हुन्छ भनेको सुन्न पाइन्छ तर काम हुँदैन ।

वडा न ३ का वडा अध्यक्ष करने सुनारलाई हामीले कुरा गर्दा यो पुल गाउँपालिका वा वडा कार्यालयले बनाउन सक्छ की सक्दैन भन्दा उहाँले भन्नु भयो यो गाउँपालिका र वडाले भन्दा पनि यो केन्द्रको काम हो यसमा केन्द्रको बजेट परेको छ यो बाटो पक्कै पनि हुन्छ अर्को ठाउँ वाट जान्छ की भन्ने होहल्ला मात्र भएको र यो पुल र सेती लोक मार्ग रोड हुने र यस बारेमा हामीले बिभिन दबाब मूलका कार्यक्रम पनि गरी सकेका छौ । सुनारले अबको केही वर्षमा नै पुल बन्ने कुरामा विश्वस्त रहन वडा न ३ र बर्दगोरीया गाउँपालिकाका जन्न्तालाई आग्रह गर्नुभयो ।