सुनको मूल्य घट्यो ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सुनको मूल्य घट्यो !



काठमाडौं । साताको बिहीबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

बुधबारबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि मूल्यमा गिरावट आउँदा सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य पन्ध्र रुपैयाँले घटेको छ ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७३० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।