नेपाल विद्यालय कर्मचारी परिषद् लम्की चुहाद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

नेपाल विद्यालय कर्मचारी परिषद् लम्की चुहाद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक



मङ्गल बास्कोटे/लम्की

नेपाल विद्यालय कर्मचारी परिषद् लम्की चुहाले आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सम्पूर्ण विद्यालयका कर्मचारीहरू एक जुट होऔँ,“राज्यको दायित्व सम्पूर्ण सामुदायिक विद्यालयहरूमा कार्यरत कर्मचारीहरूको स्थायित्व भन्ने मूल नाराका साथ आज एक अन्तर्क्रिया कार्यक्रम गर्दै आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन ।

सामुदायिक विद्यालयमा कर्मचारीहरूले न्यूनतम पारिश्रमिकमा काम गर्नु परेको,सामुदायिक विद्यालयमा सरकारले कर्मचारी दरबन्दी नदिएको ,लामो समय देखि कामकाज गरिरहेका कर्मचारीहरूको सेवा सुविधाको ग्यारेन्टी नभएको नेपाल सकारको कर्मचारी र शिक्षकले सेवा निवृत्त पछि सेन्सर,उपदान,औषधि उपचार र सञ्चित बिदाको रकम पाचन तर विद्यालयका कर्मचारीले अवकाश पछि कुनै सुविधा नपाउने र खाली हात फर्किनु पर्ने र विद्यालय कर्मचारीहरूको नागरिक हक एवम् मानव अधिकारको स्थापनाका निम्ति निमित्त आफ्ना आन्दोलनका कार्यक्रम गरिएको अन्तरक्रिया कार्यक्रकम जानकारी गराइएको थियो ।

यही साउन १५ गते देखि केन्द्रीय समिति नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रम सशक्त गर्दै आइरहेको अवस्थामा आज लम्की चुहा नगरपालिका स्तरिय परिषद्ले पनि प्रथम चरणका आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । केन्दीय समितिको आन्दोलनका कार्यक्रममै टेकेर नेपाल विद्यालय कर्मचारी परिषद् लम्कीचुहाले भोलि साउन ३१ गते स्थानीय तह नगरपालिकालाई स्थानीय स्तरका मागहरू समावेश गरी ध्यानाकर्षण पत्र बुझाउने ,गर्दै आइरहेका आन्दोलनको कुनै सुनुवाइ नगरेको खण्डमा २०७५ भाद्र ३र ४ गते सामुदायिक विद्यालय बन्द गर्ने,भाद्र ७ गते काठमाण्डौमा शान्तिपूर्ण प्रदर्शन गर्ने र काठमाडौँ जाऊँ अभियान सञ्चालन गरी राजधानी केन्द्रित शक्ति प्रदर्शन तथा धर्ना दिने जस्ता कडा आन्दोलन गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरेको छ ।

अन्तरक्रिया नगरपालिकामा ४४ सामुदायिक विद्यालय रहेका छन् कार्यक्रममा बोल्दै लम्की चुहानगरपालिका वडा नं.१ का वडा अध्यक्ष जनक बहादुर बलमे भन्नु भयो ः लगभग साडे ४ सय शिक्षकहरू छन् जसमा सरकारी तलब खाने शिक्षकको सङ्ख्या ८१ जना मात्र छ‘‘ यो निकै दुःखको कुरा हो, नेपाल विद्यालय कर्मचारी परिषद्ले गरेको आन्दोलन जायज छ । स्थानीय सरकार लम्की चुहा नगरपालिकाले परिषद्लाई सम्दो सहयोग गर्ने प्रतिबद्ध गर्नु भएको छ । कार्यक्रममा नेपाल शिक्षक सङ्घ लम्की चुहानगरपालिका अध्यक्ष राम प्रसाद तिमिल्सेनाले नेपाल विद्यालय कर्मचारी परिषद्ले गरेको आन्दोलनमा शिक्षक सङ्घले पनि हैमा हैसेगरेर साथ दिने विश्वास दिलाउनु भएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् लम्कीचुहाका धर्मराज भण्डारी अध्यक्ष को अध्यक्षतामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद् कैलालीका अध्यक्ष गणेश जोशी, अखिल नेपाल शिक्षक सङ्गठन कैलालीका वरिष्ठ उपाध्यक्ष रूपलाल जैसी, जानकी आधारभूत विद्यालयका वीरेन्द्र न्यौपाने, कालीका मा.बि का नवराज बजगाईँ, जनता मा.बि चौरीपुरका गोविन्द थापा, सरस्वती मा.बि भरुवाका मोतीराम जैसी लगाएतकाले बोल्दै आन्दोलनमा पूर्ण समर्थन र साथ रहने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन नेपाल विद्यालय कर्मचारी परिषद् लम्कीचुहाका सचिव नरेन्द्र राज स्यालले गर्नु भएको थियो ।