सडक भत्कदा आवत जावतमा समस्या - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

सडक भत्कदा आवत जावतमा समस्या



लिलाजंग शाही / बौनिया,कैलाली ।

कैलालीको लम्की चुहा नगरपालीका वडानम्बर ६ बाघमारा र चैनपुरको सिमानामा पर्ने सडकखण्डमा आवत जावतमा समस्या भएको छ । उक्त सडक स्तर उन्नति गरिएता पनि सडक छेउमा ढल निकासा नहुदा सडक भत्कियर समस्या भएको हो ।

केही दिन यता परेको पानी जम्मा भएर निकासा नहुदा दुबै तर्फ बाट सडक भत्किएकाले आवत जावतमा समस्या भएको छ । सो बाटोमा दैनिक चल्ने उज्यालो शिक्षा सदन विधालय , गुरुकुल एकेडेमी, सर्वोदय विधामन्दिर, नेसनल एकेडेमी, एड्भान्स एकेडेमी लगाएतका विधार्थी बाहन बस तथा अन्य सवारी साधनहरु ठप्प भएका छन ।

सो सडकखण्डमा ढल निकासा गर्न वडा अध्यक्षलाई पटक पटक स्थानियले ध्यानआकर्षण गराउदा पनि तत्काल मर्मत गर्न नसकिने भन्दै पन्छीने गरेको स्थानिय नरेन्द्र विकले बताएका छन ।