कैलालीमा एक दलित महिला माथी बलात्कारको प्रयास ,प्रहरीद्धारा मुद्धा दर्ता गर्न अस्वीकार - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

कैलालीमा एक दलित महिला माथी बलात्कारको प्रयास ,प्रहरीद्धारा मुद्धा दर्ता गर्न अस्वीकार



मंगल बास्कोटे /लम्की,कैैैलाली । 

कैलालीको लम्की चुहा नगरपालिका वडा नं.६ पिपरकोटीमामा एक दलित महिला माथी बलात्कारको  प्रयास भएको छ । वडा नं.६ पिपरकोटीमा बसोबास गर्दै आउनु भएको अन्दाजी ३२ बर्षिया तारा देबि ताम्राकारलाई स्थानिय दुईजना युवाले बलात्कारको प्रयास गरेका छन । बलात्कारको प्रयास भएको किटानी दिदा पनि ईलाका प्रहरी कार्यालय लम्कीले किटानी सहितको मुद्धा दर्ता नगरेको पिडितहरुको गुनासो रहेको छ ।

यहि साउन २५ गते आफ्नै घरमा सुतिरहेका बेला सोही ठाउँका अन्दाजी २३ बर्षिया लक्ष्मण बोहारा र वडा नं.४ बलियाका आन्दाजी २२ बर्षिया मंगल गिरीले राती १० बजे बलात्कारको प्रयास गरेको पिडित महिलाले बताउनु भएको छ । राती आफ्नो कोठामा म सुतिरहेकी थिए उहाले भन्नु भयो ‘‘एक्कासी बाहिरबाट ढोका खोल भन्दै आवज आयो ,मैले को हो किन ढोका खोल्ने भन्दै थिए , तर ढोका नै फोरेर घर भित्र पसि मेरो शरिरमा झम्टीन पुगे र शरिरमा लगाएको कपडा नै च्याति दिए ।” बलात्कारको प्रयास गर्दा आफुले उनिसंग प्रतिकार गरेकी थिए ।  प्रतिकार गर्दा उनिहरुको टाउँकोमा लाठीले चोट लाग्यो र मलाई छोडेका थिए । उहाँले भन्नु भयो ,” घटना घटे पछि ईलाका प्रहरी कार्यलयमा खवर गर्दा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । मुद्धा गर्नको लागी ईलाका प्रहरी कार्यलय लम्कीमा निवेदन दिदा किटानी जाहेरी अनिवार्य आवस्यक भएको भन्दै किटान ल्याउन भनेको थियो ।”

प्रहरीले भने बमोजिक २ जनाको नाममा किटानी दिदा ईलाका प्रहरी कार्यलय लम्कीका प्रमुख सुेरन्द्र प्रसाद जोशिले बिभिन्न बाहना बनाउदै किटानी दर्ता नगरेको पिडितको आरोप रहेको छ । ईलाका प्रहरी कार्यालय लम्कीले बलात्कारको प्रयास जस्तो अपराधलाई आनकानी गर्दै मुद्धा दर्ता गर्न नमान्नु जातिय बिभेद भएको भन्दै आज लम्कीमा पत्रकार सम्मेलन गरिएकोे थियोे । पत्रकार सम्मेलनमा संयुक्त दलित सशक्तिकरण समाजका अध्यक्ष ढक बहादुर बि.कले देशका पानापाना परिवर्तन हुदा पनि दलित माथीको बिभेदमा परिवर्तन नहुनु र एउटा दलित महिलालाई बलात्कार जस्तो जघन्य अपराधको प्रयास गर्नेलाई प्रशासनले संरक्षण गर्न खोज्नु दुखदायी कुरा भएको बताउनु भएको छ ।

देश परिवर्तन भएर कथित मुल्यमान्यता,निति,नियम,ऐन कानुनका पाना फेरिएका छन उहाले भन्नु भयो ‘‘तर ,दलित सामुदायि माथीको बिभेद,अन्याय,थिचोमिचो र समुदाय प्रति हेर्ने दृष्टिमा भने अझै परिवर्तन हुन सकेको छैन‘‘। दलित समुदायलाई कहिले राणा कालिन शासन त कहिले राजशासनले बिगत धेरै सताब्दी देखि नै बिभिन्न बाहनामा बिभेद गर्दै आएको ईतिहासको पाना सुरक्षित छन । गरिव सर्वाहारा,निमुखाको हक अधिकार प्राप्ती गर्न गणतन्त्रण ल्याउनको लागी पनि दलित समुदायले निकै संघर्ष गर्दै रगतका पसिना बगाएको छ । दलित समुदाय माथिको बिभेद जस्तै,जातिय छुवाछुत,सार्वजनिक अपहेलना,समुदाय प्रतिको हेर्ने दृष्टिकोणमा परिवर्तन गरि हामी पनि यसै नेपालका नागरिक हौ ,हामीले पनि अरु सबै सरह बाच्न पाउने अधिकार छ ,भन्ने बुझाउन र कथित मुल्यमान्यता लाई बिस्थापित गर्नको लागी अग्रपङ्तीमा उभिएर गणतन्त्र ल्याउनको लागी लडेका उदाहरणहरु पनि ताजै छन । तर, खुन पसिनाको बलिदान दिएर ल्याएको गणतन्त्रले पनि समुदाय प्रति बिभेद गरेको दलित समुदायले महसुस गरेको छ । देशमा गणतन्त्र आउदा पनि दलित माथी गरिने बिभेदमा भने कमि नआएको यस घटनाबाट पनि प्रष्ट भएको अध्यक्ष बिकले बताउनु भयो ।

मान संरक्षण प्रतिष्ठानकी अध्यक्ष रमा बादीले यसरी अपराध गर्नेहरु अहिले सम्म कानुनी कट्घरामा उभि सक्नु पर्ने हो तर यस्तो नगरेर दोषिलाई संरक्षण र पिडितलाई पिडा दिने काम भएको हुदा जातिय मुद्धाको गन्ध आएको बताउनु भएको छ । बिभिन्न बाहाना बनाउदै मुद्धालाई फितलो पार्ने काम नगरियोस यदि यस्तो गरेको खण्डमा यसलाई राष्ट्रिय मुद्धा बनाएर अगाडी बढ्ने समेत चेतावनी दिनु भएको छ । ईलाका प्रहरी कार्यलय लम्कीले पिडितको मर्म र घटनाको प्रकृति हेरेर मुद्धा दर्ता गर्नु पर्ने थियो मानअधिकारमर्कि धनराज बि.कले भन्नु भयो । त्यसो नगरी करणीको प्रयास जस्तो जगन्य अपराधलाई उन्मुक्ति दिनको लागी मुद्धा नगर्नु मानवअधिकारको खिल्ली उडाएको बताउनु भएको छ ।

घटाना पछि पिडित संगै रहनु भएकी दलित महिला संघ फेडो कैलालीकी बाल कुमारी सुनालरले पिडित महिलाले आफु माथी करणीको प्रयास भएको हो भन्दा पनि मुद्धा दर्ता नगर्नुले अपराधिलाई कुनै न कुनै ठाउँमा उन्मुक्ति दिने चलखेल भएको बताउनु भयो । अपराधीलाई जुन सुकै हालतमा पनि कानुनी कटघरामा उभाएर कानुनी कारबाहीको लागी दलित महिला संघ फेडो कैलाली पछि नपर्ने प्रतिबद्धता गर्नु भएको छ ।

उता ईलाका प्रहरी कार्यालय लम्कीका प्रुमख सुरेन्द्र प्रसाद जोेशिले मुद्धा दर्ता गर्नको लागी आफुले कुनै आनकानी नगरेको जिगिर गर्नु भएको छ । दोषिले कुनै पनि हालतमा सजय भोग्नु पर्छ, यो सत्य कुरा हो तर उजुरी गर्दा घटनाको प्रकृति र उजुरी गर्नहरुकोे बयान फरक परेकाले एउटै उजुरी लिएर आउनको लागी आग्रह गरेको बताउनु भएको छ । साथै घटनाको बारेमा अनुसन्धान भइरहेको पनि बताउनु भयो ।