रोकिराखिएकोे दुई ट्रकमा आगलागी - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

रोकिराखिएकोे दुई ट्रकमा आगलागी



नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा आज आगलागी भएको छ ।

भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नं का ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० ले जनाएको छ ।

आगो किन र कसले लगाएको हो भन्नेबारे केही खुलेको छैन । आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको चन्द्रौटाबाट पराल बोकेर हेटौँडातर्फ जाने क्रममा गैँडाकोटमा रोकिराखिएको अवस्थामा ती ट्रकमा आगो लागेको थियो ।