विप्लव माओवादीका नगर इन्चार्ज पक्राउ - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

विप्लव माओवादीका नगर इन्चार्ज पक्राउ



बिशाल पाण्डेय / सुखड,कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका घोडाघोडी नगरपालिका इन्चार्ज छविलाल ओली ‘धर्ती’ लाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल बन्दको आह्वान गरेको विप्लव समूहले उश्रृङखल गतिविधि गरेको भन्दै घोडाघोडी नगरपालिका- ४ सिम्थरीको जंगलवाट उनलाई इलाका प्रहरी कार्यालय सुखडको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो।

कैलालीमा नेकपाको बन्दको आंशिक प्रभाव परेको छ। छोटो दूरीका सवारीसाधनहरु फाट्टफुट्ट चले पनि लामो दूरीका सवारीसाधन र विद्यालय भने खुलेका छैनन्।